• १३ साउन २०८१, आइतबार

चिसो बढेपछि विराटनगरका विद्यालय तीन दिन बन्द

blog

विराटनगर महानगरपालिका

शशिधर पराजुली
विराटनगर, माघ ३ गते ।
शीतलहरसँगै चिसो बढेपछि विराटनगरका विद्यालयमा तीन दिन बिदा दिइएको छ । विराटनगर महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी आज (बुधबार)देखि माघ ५ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने जनाएको हो ।

महानगरको शैक्षिक महाशाखाले सूचना प्रकाशन गरेर महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा तीन दिन बिदा दिने निर्णय गरेको जानकारी गराएको हो । अब माघ ७ गते आइतबारबाट मात्र विद्यालय सुचारु हुनेछन् ।

अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई दृष्टिगत गर्दै बिदा दिने निर्णय गरिएको महानगरले जनाएको छ । केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । मङ्गलबार दिउँसो विराटनगरको तापक्रम ९ डिग्री हाराहारीमा थियो भने बुधबार १२ डिग्री हाराहारीमा छ ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले तीन दिनको अवस्था हेरेर थप निर्णय हुने जानकारी दिनुभएको छ ।