• १३ साउन २०८१, आइतबार

पाकिस्तानमा ग्यास सिलिण्डर विस्फोट : २० जना घाइते

blog

काठमाडौं, माघ ३ गते । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।

केपीको प्रान्तीय राजधानी शहर पेशावरको रिङरोड क्षेत्र नजिकै एउटा ग्यास सिलिण्डर पसलमा विस्फोट भएको प्रहरीले बताएको छ ।

विष्फोटको कारण भने खुल्न नसकेको बताउँदै प्रहरीले विस्फोटबारे अनुसन्धान सुरु गरेको बताएको छ । घटनालगत्तै उद्धार र प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल