• १३ साउन २०८१, आइतबार

कोमोरोसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति असुमानी विजयी

blog

काठमाडौं, माघ ३ गते । कोमोरोसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति अजाली असुमानी विजयी हुनुभएको छ ।

देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार कोमोरोसका वर्तमान राष्ट्रपति अजाली असुमानीले ६० प्रतिशतभन्दा बढी मत प्राप्त गरी राष्ट्रपति पदमा विजयी हुनुभएको हो ।

पत्रकार सम्मेलनमा आयोगले असुमानीले कुल ३३ हजार २०९ मत प्राप्त गरी कुल मतको ६२ दशमलव ९७ प्रतिशत र जुवा पार्टीका सलिम इसा अब्दुल्ला २० दशमलव २६ प्रतिशत मत प्राप्त गरी उपविजेता भएको घोषणा गरेको छ ।

निर्वाचनमा १६.३ प्रतिशत मात्रै मतदान भए पनि आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै शान्त वातावरणमा आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गरेको छ । निर्वाचन प्रक्रियामा संलग्न सबैको परिचालनको पनि प्रशंसा गरेको छ । करिब नौ लाख मतदाताले देशभरका ८६८ मतदान केन्द्रमा आफ्नो मत हालेका थिए । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल