एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्ड विधाको मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार एक कार्यक्रमबिच पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो ।
चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनको लागि असहजता महसुस गरेको सुनिनु दुखद रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित विधायनलाई व्यवस्थित बनाउन जोड दिएको छ ।
जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
आँखा र वरपरको हड्डी भाँचिएको पुनर्स्थापना गर्ने विषयमा दुई दिने विशेष कार्यशाला गोष्ठी हुने भएको छ । तिलगंगा आँखा प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गर्दै आँखा र वरपरको हड्डी भाँचिएको पुनर्स्थापना गर्ने विषयमा कार्यशाला गोष्ठी गर्न लागेको जनाएको छ ।
अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ ।
नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजारभन्दा बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक छ हजार पाँच सय ५७, सार्क तथा विदेशी मुलुकबाट एक सय ५६ गरी छ महिनामा छ हजार सात सय १३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका छन् ।
केही महिनादेखि सुस्ताएको घरजग्गा कारोबार पुस महिनामा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार अघिल्ला महिनाको तुलनामा पुस महिनामा घरजग्गा कारोबार बढेको हो ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गत वर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँ दङ्ग हुनुहुन्छ ।
बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण रौतहट जिल्लाको जनजीवन कष्टकर बनेको छ । गत दुई साताअघि देखि बिहान बेलुका दिनहुँ लाग्ने बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण खासगरी बालबालिका र वृद्ध बढी प्रभावित भएका हुन् ।
कञ्चनपुरमा थारु समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ । थारु समुदायको महत्त्वपूर्ण पर्व माघीका अवसरमा थारु बहुल गाउँहरूमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि संस्कृति जगेर्नामा टेवा पुगेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने प्रतिबद्धता अनुरूप प्रदेश सरकारले कामलाई अगाडि बढाएको बताउनुभएको छ ।
तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ ।
अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२२ को तुलनामा २०२३ मा उक्त क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको र यसबाट सरकारलाई २२ करोड ९९ लाख ४४ हजार आम्दानी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
शिक्षकको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु लक्ष्मी मुखिया बिनको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।