• १३ साउन २०८१, आइतबार

राष्ट्रपति सीद्वारा चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड

blog

चीनका राष्ट्रपति सी चिनफिङ ।

बेइजिङ, माघ २ गते । चीनका राष्ट्रपति सी चिनफिङले चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड दिनुभएको छ ।

मङ्गलबार यहाँ आयोजित कार्यक्रममा चिनियाँ विशेषतासहितको वित्तीय विकासको मार्गमा प्रतिबद्ध रहन र वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्न उहाँले जोड दिनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले एक अध्ययन सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त टिप्पणी गर्नुभएको हो । रासस/सिन्ह्वा