फ्रेन्च लिग वानको शीर्ष टोली पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिगमा आफ्नो अग्रता थप बलियो बनाएको छ । आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित लेन्सलाई २–० गोलले हरायो ।
हमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ ।
स्याङ्जाको कालीगण्डकीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले सन् २०२४ को आम निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको ‘राष्ट्रव्यापी पदयात्रा’ सोमबार इम्फाल वेस्टबाट सुरु गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ ।
कोमोरोसमा राष्ट्रपतिको निर्वाचन सुरु भएको छ । आगामी पाँच वर्षका लागि वर्तमान राष्ट्रपति अजाली असुमानी लगायत ६ जना उम्मेदवारहरू मध्येबाट राष्ट्रिय नेता चयन गर्न आइतबार राष्ट्रपति चुनावको पहिलो चरणको सुरुवात भएको हो ।
नेपालको चार धाममध्येको एक रिडी रुरु क्षेत्र धाममा संक्रान्तिको विशेष मेला लागेको छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको रुरुधाम क्षेत्र रिडीमा आज सोमबारदेखि विशेष मेला सुरु भएको हो ।
अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा भएको आत्मघाती आक्रमणमा आक्रमणकारी मारिएको बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धिमूलक बनाउने बताउनुभएको छ ।
आँधीखोला गाउँपालिकामा पाँच दिने निःशुल्क दन्त शिविर हुनेभएको छ । गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले माघ २ गतेदेखि ६ गतेसम्म पालिका परिसरमा शिविर सञ्चालन हुने बताउनुभएको हो ।
पूर्व पश्चिम जाने राष्ट्रिय लोकमार्ग अन्तर्गत सहरी क्षेत्रमा ६ लेन र सहरी क्षेत्र बाहेक निर्माण भइरहेको चार लेन सडकमा पर्ने २५ मध्ये २३ वटा पुल निर्माण कार्य सम्पन्न भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै सङ्घीय संसदमा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन आग्रह गर्नुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक समारोहबिच प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार वितरण गरिएको छ ।
माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त हुनुहुन्थ्यो । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा हुनुहुन्थ्यो । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउनुहुने जानकारी प्रतिभालाई थियो ।
सूर्योदय नगरपालिकाका-९ का पदम लक्ष्मी राई उमेरले ८८ वर्ष लाग्नुभयो । राईका हातपाउ ८८ वर्षमा पनि सीप विकासमै लागेका छन् । परालको पिरा, नाम्लो, डालो, थुन्से बनाएर उहाँले ज्येष्ठ नागरिक सिप प्रदर्शनी कार्यक्रममा राख्नुभएको हो ।