होमराज रानाभाटनवलपरासी, जेष्ठ १ गते । नवलपरासी पुुर्बमा रहेका चार गाउँपालिकामध्ये बौंदीकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार प्रकाशन ओझा निर्वाचित हुनुभएको छ । आज दिउँसो सार्बजनिक भएको मतपरिणामअनुुसार एमालेका ओझा ३ हजार ९७६ मतका साथ अध्यक्षमा निर्बाचित हुुनुुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका खडग्बहादुुुर राना मगरले ३ हजार ५४१ मत प्राप्त गर्नुुभएको थियो । यसैगरी उपाध्यक्षमा एमालेका डिलकुुमारी सारु मगरले ३ हजार ९६२ मतका साथ बिजयी हुुनुुभयो । काग्रेसका धनकान्ती घिमिरेले ३ हजार ५०६ मत प्राप्त गर्नुुभएको थियो । २०७४ को निर्बाचनमा काग्रेसले जित हात पारेको थियो ।साथै ६ वटा वडा रहेको सो गाउँपालिकामा काग्रेसले दुुई वडा अध्यक्षसहित प्यानल र एमालेले चार वडा अध्यक्षसहित प्यानलमा जित हात पारेको छ ।
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १ गते । यसअघि नेपाली काँग्रेसले नेतृत्व गरेको कैलालीको घोडाघोडी नगरपालिका २ मा काँग्रेसको विरासत भत्काउँदै नेकपा (एमाले) ले विजयी यात्रा शुरू गरेको छ । नगरपालिका–२ को वडाध्यक्षमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चौधरी विजयी हुनुभएको छ ।चौधरीले एक हजार २७ मत ल्याई विजयी हुनुभएको हो । महिला सदस्यमा एमालेकै कमलादेवी सिंह आठसय ९४ मत ल्याएर विजयी हुनुभएको छ । दलित महिला सदस्यमा काँग्रेसका सिता सुनार ११ सय ४० मत सहित विजयी हुनुभयो । खुला सदस्यद्वय काँग्रेसका भिम भण्डारा ९६१ र एमालेका रामसुन्दर चौधरी ९८० मत ल्याई विजयी हुनुभयो । २०७४ सालको स्थानीय काँग्रेसबाट विजयी हुनुभएका हरीराज विष्ट पुनः अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । उहाँले ५०० मत प्राप्त गर्नुभयो ।
लक्ष्मण पौडेलभैरहवा, चैत २४ गते । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न उद्योगीको आकर्षण देखिएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले माग गरेको आवेदनमा सेजको क्षमताभन्दा धेरै माग आएको हो ।केही वर्षदेखि खाली रहेका सेजका ४५ प्लटमा उद्योग सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएकामा ५५ प्लटका लागि आवेदन आएको प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिनुभयो ।“धेरै उद्योगीले अहिले चासो देखाउनुभएको छ, यो सकारात्मक पक्ष हो,” उहाँले भन्नुभयो । ५२ बिघामा फैलिएको भैरहवा सेजमा ६८ वटा प्लट छन् । सेजमा अहिले सातवटा उद्योग सञ्चालनमा छन् ।सेजमा उद्योग स्थापनासम्बन्धी प्रावधान संशोधन हुने तयारी भएपछि सेजमा उद्योगीको आकर्षण बढेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताउनुभयो । भाडादर, निर्यात सिलिङलगायत विषयमा संशोधन गर्ने तयारी र भाडामा लिने व्यवसायीले पहिलो वर्ष भाडामा ५० प्रतिशत छुट पाउने भएपछि आकर्षण बढेको हो ।आवेदन दिने ५५ उद्योगले सात अर्ब रुपियाँको लगानी र करिब २२ हजार जनालाई रोजगारी दिने प्रस्तावसहित आवेदन दिएका हुन् । हाल आवेदनमा परेका उद्योगले सेजमा उत्पादन गर्दा वार्षिक १० अर्ब रुपियाँ बराबर हुने अनुमान छ । निवेदनमध्ये ४५ वटा उद्योगले मात्रै लगानी र निकासीको अवस्थालाई हेरेर अनुमति पाउनेछन् ।अहिले माग भएर आएका आवेदनमध्ये सबभन्दा बढी एक अर्ब २५ करोड रुपियाँको लगानी गर्ने प्रस्ताव बी एन्ड पी म्यानुफ्याक्चरिङले गरेको छ । यसैगरी सूर्य रङ हाउस प्रालिले १२ करोड रुपियाँको लगानी प्रस्ताव गरेको छ । यसबाहेक स्टिल, ढुङ्गाका मूर्ति बनाउने स्टोन उद्योग, प्लास्टिक उद्योगले पनि प्रस्ताव दिएका छन् ।रुपन्देहीको रोहिणी गाउँपलिका–१, बगहामा निर्माण गरिएको यो विशेष आर्थिक क्षेत्रमा सातवटा उद्योग सञ्चालनमा छन् । सेज परिसरमा हाल ब्रिलिएन्ट एलईडी, शक्ति मिनरल, विस्तार कम्पनी, पञ्चकन्या उद्योग, जय बुद्ध र एस पोलिमरले उत्पादन गरिरहेका छन् । यीमध्ये केहीले निर्यात गरिरहेका छन् । सुरुमा सेजमा स्थापना भएका उद्योगले उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान रहेकामा अहिले ६० प्रतिशतमा झारिएको छ ।विशेष आर्थिक क्षेत्रमा विशेषगरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्बल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलैँचा तथा ऊनी सामान, पस्मिना तथा रेशम, हातेकागजका वस्तु गरी १७ किसिमका उद्योग सेजमा रहने व्यवस्था छ ।