म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४ नारच्याङस्थित नयाँ गन्तव्यका रुपमा विकास हुन लागेको अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा पर्यटकीय पूर्वाधार बन्ने भएको छ ।
छाडा गाईगोरुको समस्या विकराल बनेपछि सिद्धार्थनगर नगरपालिकाले नियन्त्रणका लागि दोस्रो पटक अभियान सुरु गरेको छ ।
म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि माघे सङ्क्रान्ति मेला सुरु भएको छ । महिला उद्यमीहरूको सक्रियतामा परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको हो ।
बीउ प्रयोजनका लागि रेसुङ्गा नगरपालिकाले आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत हिउँदे बालीका लागि ६५ क्विन्टल जनकदेव जातको आलु गुल्मी ल्याइएको छ।
नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगर सभाको ‘एजेण्डा’ प्रस्तुत गर्दै उहाँले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा सञ्चालन हुने थप योजना स्वीकृति, फोहाेरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारीमार्फत कार्यान्वयन सम्बन्धमा स्वीकृति र नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको नियमन सम्बन्धमा स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुभएको थियो ।
पवित्र तीर्थस्थल देवघाटमा मकर सङ्क्रान्ति मेला सुरु भएको छ ।
निर्वाचन आयोगले २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ ।
कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । प्रशासनले यसबारे थप विस्तृत विवरण भने उपलब्ध गराएको छैन । बन्धक बनाइएका १३३ गार्ड र तीन कर्मचारी अझै रिहा हुन सकेका छैनन् ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले कला संस्कृति बिनाको मानव अपूर्ण हुने बताउनुभएको छ ।
अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्यसम्बन्धी नेपाल–भारत अन्तर–सरकारी उपसमिति (आइजीएससी) को बैठक काठमाडौँमा सम्पन्न भएको छ । पुस २७ र २८ गते दुई दिनसम्म चलेको बैठकमा विभिन्न मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गर्नुभएको थियो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार भएका व्यक्तिलाई मतदान गर्न सत्तारुद्ध गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त रुपमा अपील गर्नुभएको छ।
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका परिचिति धार्मिक र पर्यटकीय स्थल हुुन्् । सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुुस्ताङमा अन्य थुुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल छन् ।
तराईका भूमिपुत्र थारु समुदायमा माघ पर्वको रौनक सुरु भएको छ ।
सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा हुनुहुन्थ्यो । बिहे भएको दुई वर्षसम्म पनि उहाँले आफ्नो पुख्र्यौली कर्मघर देख्नुभएकै थिएन । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहनुहुन्थ्यो ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा निर्वाचित भएर हामीहरू संसदमा आएको एक वर्ष बितिसकेको छ । यो एकवर्षे कार्यकाल समय र त्यसको उपलब्धिका हिसाबले उल्लेख्य प्रगति भयो भन्ने पक्षमा म छैन ।