सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीका लागि सरकारले १११ वटा मुलुकका लागि अनुमति दिने गरेको छ तर विश्वका १७८ मुलुकमा नेपाली रोजगारीका लागि जाने गरेका छन् । सरकारले आर्थिक वर्ष २०५०÷५१ बाट मात्र वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क राख्न थालेको हो । वैदेशिक रोजगार विभागको आँकडा अनुसार आव २०५०-५१ देखि २०७९ फागुनसम्ममा ५५ लाख २६ हजार नेपाली कामका लागि विदेश गएका छन्, जुन कुल जनसङ्ख्याको १८.९८ प्रतिशत हो । उक्त सङ्ख्या भारत हुँदै गएकाबाहेकको हो ।
छुट्न सक्ने थियो– कृति जुन कमाउन कहिल्यै ध्यान दिनुभएन
वालिङ नगरपालिकाको नगर सभा उपप्रमुख कविता तिवारी गैह्रेसहित १५ जनाले बहिस्कार गरी सभाबाट बाहिरिएको छ । वडा अध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने गरी शिक्षा ऐन संशोधन प्रस्ताव आएसँगै यसको विरोध गर्दै उहाँहरू सभा बहिष्कार गरेका हुन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ ।
तीन साता अघिदेखि उखु क्रसिङ सुरु गरेको इन्दुशङ्कर चिनी उद्योग हरिवनले किसानलाई १७ करोड रुपियाँ भुक्तानी गरेको छ ।
सैलुङ डाँडालाई पर्यटकीय स्थल बनाउन सैलुङ गाउँपालिका–८ मा अवस्थित कालापानीलाई बेस क्याम्प बनाउन लागिएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति पद रिक्त भएको साढे दुई महिना नाघिसकेको छ । उपकुलपति मात्रै होइन, त्यहाँका शिक्षाध्यक्ष र रजिस्ट्रारसमेतको पदावधि समाप्त भएर अहिले सबै पदमा निमित्तहरू आसीन छन् । विश्वविद्यालय ऐनमा रहेको ‘कुलपतिले तीन महिनाका लागि पदाधिकारी तोक्न सक्ने छ’ भन्ने विधानलाई अँगालेर त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट पूर्वशिक्षाध्यक्षलाई उपकुलपति र डिन पदमा रहेका दुई जनालाई शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी दिइएको छ । त्यसरी तोकिएको तीन महिनाको समयसमेत सकिन अब केही दिन मात्रै बाँकी छ तर विश्वविद्यालयले पदाधिकारी पाउला जस्तो सम्भावना देखिएको छैन । सारमा भन्नुपर्दा देशकै ठुलो र गरिमा बोकेको महत्वपूर्ण विश्वविद्यालय अहिले तदर्थवादमा चलेको छ ।
चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ हेरेर निस्किएका दर्शकले सो चलचित्रको अर्काे भाग निर्माणको माग गरेका छन् । ललितपुरस्थित लबिम मलमा रहेको क्युएफएक्समा प्रतिव्रिmया लिन पुगेको निर्माण टिमलाई दर्शकले सो माग गरेका थिए ।
खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी–६ मा शनिबार सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्टस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधि हात पारेको हो ।
झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् ।
शासन व्यवस्था असल होस् भन्ने परिकल्पना सबै नागरिकको हुन्छ । जति बढी असल अभ्यासहरू गरिन्छन्, उति नै बढी असल शासनको प्रत्याभूति दिलाउन सकिन्छ । सरकार जति बढी जवाफदेही र पारदर्शी बन्दछ, उति नै बढी सुशासन कायम हुन्छ । विश्वमा शासन प्रक्रियामा असल अभ्यास कायम गरेका मुलुकबाट पनि सिकाइहरू लिन सकिन्छ र शासन प्रणालीमा सुधार गर्न सकिन्छ । सार्वजनिक सेवा प्रवाहलाई हदैसम्म प्रविधिमैत्री र सरलीकृत गर्दै जानु पर्दछ । जति बढी सुशासनका औजार उपयोग गरिन्छ, त्यति नै बढी भ्रष्टाचारमा कमी आउँदै जान्छ र गुणस्तरीय सेवा प्रवाह अनुभूति गराउन सकिन्छ ।
वार्षिक ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । दैनिक करिब २० हजारभन्दा बढी हवाई यात्रुले ओहोरदोहोर गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सङ्ख्यासहित हवाई यात्रुसमेत बढ्दै गएका छन् । प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार पाँच सय र आन्तरिकतर्फ हरेक घण्टा पाँच सय यात्रु व्यवस्थापन गर्ने क्षमता रहेको यस विमानस्थलमा सन् २०२३ को १२ महिनामा ८६ लाख बढी यात्रुले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रा गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले ओमिक्राेनको नयाँ सबभेरियन्ट र बिदाको समयमा भएको जमघटले गत डिसेम्बर महिनामा १० हजार कोभिडका बिरामीको मृत्यु भएको जनाएको छ । सङ्क्रमणको फैलावट भएका ५० देशमध्ये अमेरिका र युरोपमा बढी देखिएको छ । नेपालमा समेत विभिन्न अस्पताल, सीमा नाका, स्थान र उमेर समूहबाट पुस २२ गते गरिएको पछिल्लो जिनोम सिक्वेन्सिडमा १६ नमुनामध्ये सातमा ‘जे एन वन’ पुष्टि भइसकेको छ । तथापि हालसम्म सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण मात्र देखिएका छन् । सर्ने माध्यम खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाबाट नै एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने गर्दछ । यो सबभेरियन्ट भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा हानि पुर्याएको पुष्टि भएका छैनन् । विशेषतः वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी, बालबालिका र खोप नलगाएका बढी प्रभावित हुने देखिएको छ । जोखिममा रहेकाहरूले विशेष सावधानी र ध्यान दिन जरुरी छ । सीमानाकामा शङ्कास्पद सबैको स्वास्थ्य तथा कोरोना परीक्षण, होम तथा संस्थागत क्वारेन्टाइन, आइसोलेसनको व्यवस्था र निगरानी, स्वास्थ्य संस्था तथा जनशक्तिलाई तयारीको अवस्थामा राखिएको स्वास्थ्य मन्त्रालय र तीनै तहका सरकारले जनाएका छन् । तथापि नागरिक सचेत नहुँदासम्म नियन्त्रण गर्न सकिँदैन भन्ने विगतले देखाएको छ ।
दुई दिनसम्म भरतपुरमा चलेको सातौँ राष्ट्रिय चेपाङ भेलाले चेपाङ बसोबास क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ । भेलापछि शनिबार यहाँ जारी गरिएको चितवन घोषणापत्रमा