चीनको हेनान प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले शनिबार जनाएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताउनुभएको छ ।
ताप्लेजुङको दुर्गम भेगमा शैक्षिक सुधार हुँदै गएको पाइएको छ । दुर्गम भेगको शैक्षिक गतिविधिमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले सहयोग गर्न थालेपछि तुलनात्मक रूपमा शैक्षिक सुधारमा प्रगति हुँदै गएको पाइएको हो ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रुकुम पश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनः स्थापनामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा पुग्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको हेलिकोप्टरलाई सोमालियामा आपत्कालीन अवतरण गराइएपछि अल–शबाब लडाकु समूहले नियन्त्रणमा लिएका बन्धकमध्ये चार जना युक्रेनी रहेको कीएभले शुक्रबार पुष्टि गरेको छ ।
गाजा पट्टीका परिवारहरूले द्वन्द्व, सुरक्षित पानीको अभावबाट हुने रोग र खाद्यान्न अभावका कारण भोकमरीको ‘तेहेरो खतरा’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घका अधिकारीले शनिबार बताएका छन् ।
झापाको झापा गाउँपालिका-६ फुलगाछी चौकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।
शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्।
मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ । बिहीबारदेखि सुरुङ्मा छाडिएको पानी सुनदरीजल आइपुगेको छ ।
शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना भएको छ ।
विश्व सिमसार क्षेत्र तथा पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा जलपन्क्षीहरुकाे गणना सुरु भएको छ ।
कृषि अनुसन्धान केन्द्रले यो वर्षलाई लक्षित गरी करिब ४.५ टन गुणस्तरीय गुहको बिउँ उत्पादन गरेको छ। तर उत्पादन भएकामध्ये आधा मात्र गहुँको बिउँ खपत भयो । आधा केन्द्रमै थन्किएका छन् । यो वर्षलाई गहुँ रोप्ने मौसम सकिएकाले बाँकी रहेको बिउँ खपत हुने अवस्था छैन ।