मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेशले कोशी प्रदेशलाई सात विकेटले हरायो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुर्याएको हस्तकला क्षेत्रको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
१६औँ ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा आठ टोलीको सहभागिता रहने भएको छ । आयोजक ढोरपाटन क्लबले शनिबार पत्रकार सम्मेलन गरी लिगमा आठ टोलीको सहभागिता रहने जानकारी दिएको हो ।
आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (शनिबार) उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।
बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज (शनिबार) बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।
बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा माघीको रौनक छाएको छ । यतिबेला थारु गाउँबस्ती माघीमय बनेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।
संसदमा प्रवेश गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख छान्ने काममा प्रारम्भिक केही समय बित्यो । प्रधानमन्त्रीलाई पनि कहिले हामीले त, कहिले प्रतिपक्षले भोट दिनेजस्ता राजनीतिक उथलपुथलको अवस्था बन्यो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्व पश्चिम विद्युतीय रेलमार्गको रेखाङ्कनका क्रममा सर्वसाधारण जनताले उठाएका समस्याको सम्बोधन हुने बताउनुभएको छ ।
कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले गुल्मीले २०८० लाई प्रशिक्षण वर्षका रूपमा घोषण गरेको छ । पार्टीको वार्षिक कार्ययोजना अनुसार जिल्ला, सबैपालिका र सम्पर्क मञ्चमा गरिएका प्रशिक्षण प्रभावकारी रहेको ठहर गर्दै माघ र फागुनमा वडा स्तरका प्रशिक्षण सम्पन्न गर्ने र यस वर्षलाई प्रशिक्षण वर्षका रूपमा घोषण गरिएको जिल्ला सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो ।
इरान समर्थित लडाकूसमूहले ‘रेड सी’ मा पानी जहाजमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शनिबार पुनः आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जन कुमार थापाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङमा शुक्रबार राती दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले जाजरकोटका भूकम्प पीडित सुत्केरी, गर्भवती र सीमान्तकृत महिलाका लागि राहत सामग्री हस्तान्तरण गर्नुभएको छ ।