चुरे क्षेत्रका नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्न नपाउँदा नदीको धार परिवर्तन हुने क्रम बढेको छ । जिल्लाको तिनाउ गाउँपालिकाभित्रका अधिकांश स्थानबाट नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा नदी तथा खोलाले धार परिवर्तन गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
कोरोनाको विश्वव्यापी महामारीका कारण नेपालमा भएको बन्दाबन्दी र निषेधाज्ञाले लगभग शून्यमै पुगेको नेपालको होटल व्यवसायले बिस्तारै गति लिन थालेको छ । फस्टाउँदो पर्यटनलाई पछ्याउँदै यो क्षेत्र पनि विस्तारित बन्दै छ । पाँचतारेसहित अन्य सुविधासम्पन्न होटल खुल्न थालेका छन् तर पाँचतारे होटल स्थापनामा लागेका व्यवसायीहरू निराश छन् । नेपालको पूर्वदेखि पश्चिमसम्मै निर्माणाधीन होटलका सञ्चालकमा निराशा छाएको छ ।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त हुनुभएको एक वर्ष पुगेको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि शर्माले गर्नुभएको ‘एक वर्षभित्र १० हजार जनालाई रोजगारी दिने’ निर्णयले उत्साहजनक परिणाम दिन सकेको छैन ।
पुल पुलेसा निर्माणमा ठेकेदारबाट कतिसम्मको ढिलासुस्ती र लापरबाही हुन्छ भन्ने उदाहरण धनगढी उपमहानगरपालिका–१६ स्थित घुरही खोलामा निर्माणाधीन पुल बनेको छ ।
बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
बाँकेको नेपालगन्जबाट काठमाडाैँतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङस्थित राप्ती नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका पाँच पदाधिकारीले राजीनामा दिएका छन् । अध्यक्ष साम्देन लामा अनधिकृत रूपमा नेतृत्वमा आएको, आर्थिक कारोबार पारदर्शी नभएको र अपाङ्गता भएका व्यक्तिको हेरचाह राम्रोसँग नभएको दाबी गर्दै आठमध्ये पाँच पदाधिकारीले राजीनामा दिनुभएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
काभ्रेपलाञ्चोक जिल्लाको विकट गाउँपालिकाका रूपमा रहेका महाभारत र खानीखोला गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न कार्यव्रmमको सम्बन्धित पालिकामा नै गएर योजना सम्झौता गरिएको छ । सार्वजनिक निर्माण कार्यान्वयन एकाइले चालु आवमा महाभारत र खानीखोलामा सञ्चालन हुने योजनालाई सम्बन्धित पालिकामा नै गएर योजना सम्झौता गरेको हो ।
छ महिनाभित्रै पोखरेलीका घर घरमा पानी पु-याउने लक्ष्यसाथ काम भइरहेको आयोजनाको एउटा ट्याङ्की भने अलपत्र छ । डिसेम्बरसम्म ९३ प्रतिशत काम सकिएको पोखरा खानेपानी सुधार आयोजनाको
कमला कार्की स्मृति प्रतिष्ठानले नवौं स्मृति दिवसको उपलक्ष्यमा नेपालका प्रतिष्ठित विभिन्न क्षेत्रका व्यक्तित्व, संस्था र स्थानीय ज्येष्ठ महिलालाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नम्बर २ र ३ मा सञ्चालित १४ उद्योगलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो।
परराष्ट्र सचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गर्नुभएको छ ।
कविता वाचनसहित कवि युद्धप्रसाद मिश्रको ११७ औँ जन्मजयन्ती मनाइएको छ ।