उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली कोरिडोरमा दुई लाइनको डेडिकेडेट सडक भए सुदूरपश्चिम र कर्णालीमा विकास समृद्धि आउने बताउनु भएको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताकालागी लुम्बिनी प्रदेशबाट छनोट भएको प्रदेश क्रिकेट टिमको छनोटप्रति असहमति जनाउँदै जिल्ला क्रिकेट सङ्घ बाँकेले आफ्ना खेलाडी नपठाउने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारले म्याग्दीमा सञ्चालन गर्न लागेका बहुवर्षीय सडक आयोजनाको कार्यान्वयन सुरु भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट बजेट स्वीकृत भएका ती योजना ठेक्कामार्फत कार्यान्वयन गर्न लागिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको खुलासा गर्नुभएको छ ।
कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा नुन अर्थात् ८० क्विन्टल अलपत्र अवस्था रहेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन् ।
मनाङ ङिस्याङ गाउँपालिकाका सात गाउँलेले शुक्रबार भव्यताका ससाथ होलताङपा ल्होसार (डुग–ल्हो) मनाएका छन् ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सक्यौं भने समाज परिवर्तन सहज हुने विचार व्यक्त गर्नुभएको छ ।
पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भक्का पोसिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईमा लोकप्रिय बनिसकेको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा दुई छुट्टाछुट्टै घरमा आगलागी हुँदा साढे २३ लाख रुपियाँ बराबरको क्षति भएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ।
बागलुङमा यस वर्ष २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा २० करोड बराबरको सुन्तला उत्पादन भएको हो ।
चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति स्थापना कार्यका लागि तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
कृष्णपुर नगरपालिका-२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ । सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको हो ।
समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल । हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो ।