परराष्ट्र सचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले स्वास्थ्य, कृषि र इन्जिनियरिङ शिक्षालाई जोड दिएको बताउनुभएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले एकै प्रकृतिका भद्रगोल अवस्थामा रहेका खेल सङ्घलाई एकै ठाउँमा ल्याउने प्रक्रिया जारी रहेको बताउनुभएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा गार्हस्थ उत्पादन (जिडिपी)मा तीन दशमलव दुई प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी वृद्धिदर खुम्चिएको हो।
राष्ट्रिय सभा सदस्यको रिक्त हुने पदमा बागमती प्रदेशमा १५ उम्मेदवारको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले सत्ता गठबन्धनमा रहेकोसहित छ वटा राजनीतिक दलका गरी राष्ट्रिय सभा सदस्यका १५ उम्मेदवारको अन्तिम नामावली शुक्रबार प्रकाशन गरेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलका उम्मेदवारलाई जिताउनका लागि समिति गठन गरिएको छ ।
छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल सङ्घबिच प्रतिस्पर्धा हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभएको छ ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय अन्तर स्थानीय तह अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । फाइनलमा मानेभञ्ज्याङ गाउँपालिकालाई २–१ गोलले पराजित गर्दै माङ्सेबुङले उपाधि जितेको हो ।
प्रिन्सले एपिएफका देवराज रानालाई २१–१०, २१–१२ ले हराउँदै आर्मीका प्रफुल महर्जनसँगको फाइनल भेट पक्का गर्नुभएको हो । प्रफुलले पुलिस क्लबका बिष्णु कटुवाललाई २१–१५, २१–१२ ले हराउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताउनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको चियापान समारोहमा शीर्ष नेताले उपस्थिति जनाउनुभएको छ।
नेता सिटौलाले शुक्रबार आयोजित उदयपुरको गाईघाटमा पालिकाका प्रमुख तथा उपप्रमुखसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
बागमती प्रदेशभित्र रहेका जिल्लाहरुमा रहेको फुटबलका जिल्ला रेफ्रीहरुको अभाव पुरा गर्ने उद्देश्यले फुटबल रेफ्री प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ ।