पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धरानबाट धनकुटासम्म एकीकरण पद मार्गमा पदयात्रा गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्नु नहुने बताउनुभएको छ ।
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताउनुभएको छ ।
। गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकू मारिएका इजरायली रक्षा बलले शुक्रबार जनाएको छ । दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकूको मृत्यु भएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका-७ र ८ लाई लक्षित गरि वडा नं ८ थलालेमा निर्माण गरिएको जिएसएम टेलिफोन टावरबाट फोरजी सेवा सहित टेलिफोन सेवा सुरु गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बिहीबार उत्तरी गाजामा अस्वभाविक रुपमा बिग्रँदै गएको मानवीय सङ्कटलाई प्रकाश पार्दै राहत कार्यमा अवरोधहरू खडा भएको बताउनुभएको छ ।
जुनुमाया छन्त्याल र विद्या राईले २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । नेपाल प्रहरीका दुवैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्नुभएको हो ।
अर्घाखाँचीमा पर्यटन, आर्थिक विकास र स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० हुने भएको छ ।
आफ्नो दक्ष मानव संसाधनको डिजिटल पूर्वाधार, उद्यमशीलताको भावना र डिजिटल रूपान्तरणको दृष्टिकोण साथ पाकिस्तान ज्ञानमा आधारित अर्थतन्त्र बन्न तयार रहेको पाकिस्तानका कार्यबाहक प्रधानमन्त्री अनवर– उलहक काकरले बिहीबार बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता खेल्नका लागि सुशान्त सिंह थापाको कप्तानीमा लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा भएको छ ।
आजदेखि दुई नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शन गरिएको छ । आउँदो माघेसङ्क्रान्तिलाई लक्ष्य गर्दै प्रदर्शन गरिएको ती दुई चलचित्र फरक विधाका छन् ।
प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सहभागी टोलीले तयारी र खेलाडी छनोट सम्पन्न गरिसकेका छन् ।
बहिरङ्ग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अब १६ श्ययाको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गरिने भएको छ । बागमती प्रदेश सरकारले उक्त स्वास्थ्य केन्द्रलाई १६ श्ययाको अस्पतालका रुपमा विकास गर्ने निर्णय गर्दै दरबन्दी स्वीकृत गरेसँगै अब उक्त केन्द्र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा परिणत हुने भएको हो ।