• १६ असार २०८१, आइतबार

जुम्लाको भेरीखोलामा फोरजी सहित टेलिफोन सेवा सुरु

blog

तातोपानी ८ मा निर्माण भएको फोरजी सहितको जिएसएम टावर । तस्बिर : नेपाल टेलिकम

नेत्र शाही

जुम्ला, पुस २७ गते । जुम्लाको तातोपानी गाउँपालिका-७ र ८ लाई लक्षित गरि वडा नं ८ थलालेमा निर्माण गरिएको जिएसएम टेलिफोन टावरबाट फोरजी सेवा सहित टेलिफोन सेवा सुरु गरिएको छ । 

नेपाल टेलिकम कार्यालय जुम्लाका प्रमुख सुर्य प्रकास यादवका अनुसार सो क्षेत्रमा बुधबार फोरजी ईन्टरनेट सेवा सुरु गरिएको र टुजी सेवाका लागि काम भईरहेको छ । नेपाल टेलिकम जुम्लाका अनुसार फोरजी सेवाका लागि सिसिएसआई कम्पनीले काम गर्ने जिम्मा लिएको थियो । 

त्यस क्षेत्रमा फोरजी सहितको टेलिफोन सेवा सुचारु गरेपछि स्थानीयले खुशी भएका छन् । फोरजी सहित टेलिफोन टावर सुचारु गर्न स्थानीय सरकार तातोपानी गाउँपालिका सहित जनप्रतिनिधिहरुले समेत विभिन्न समयमा पहल गरेका थिए । तातोपानी गाउँपालिकाले हार्दिक धन्यवाद सहितको विज्ञेप्ति जारी गरेर त्यहाँ फोरजी सेवा सुचारु गर्न पहल गर्ने सबैलाई धन्यवाद दिएको छ । 

जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङका अनुसार पहिलो पटक तातोपानी गाउँपालिका पुग्दा गाउँपालिकाका ८ को थलालेमा टेलिकमको टावर निर्माण काम अलपत्र परेको र त्यहाँ इन्टरनेट सेवा नहुँदा बैंकको एक्सटेन्सन काउन्टर राख्न नसकेको र सोही कारण वडा नं ७ र ८ का जनताले टेलिफोन सेवाबाट वञ्चित हुनुका साथै बैंकको काउन्टर नहुँदा सामाजिक सुरक्षा भत्ता लिन एकदिन पैदल हिँडेर लिताकोट आउनु पर्ने बाध्यता थियो ।