• १६ असार २०८१, आइतबार

उत्तरी गाजामा त्रासदीपूर्ण मानवीय अवस्था : संयुक्त राष्ट्रसङ्घ

blog

संयुक्त राष्ट्र, पुस २७ गते ।  संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बिहीबार उत्तरी गाजामा अस्वभाविक रुपमा बिग्रँदै गएको मानवीय सङ्कटलाई प्रकाश पार्दै राहत कार्यमा  अवरोधहरू खडा भएको बताउनुभएको छ ।

नियमित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले ‘जनवरी १–१० बीचमा खाद्यान्न, औषधि, पानी र अन्य जीवन उपयोगी  सहायता मात्रै वितरण भएको जनाउनुभएको छ । गाजा शहरमा चिकित्सा आपूर्ति तथा गाजा शहर र उत्तरमा पानी र सरसफाइ सुविधालगायत इन्धन समावेश  गरिएको छ । यसलाई इजरायली अधिकारीहरूले भने अस्वीकार गरेका थिए ।

डुजारिकले हालको अवस्थालाई अघिल्लो महिनाहरूसँग तुलना गर्दै सहायता पहुँचमा उल्लेखनीय गिरावट रहेको  उल्लेख गर्नुभयो । गत वर्षको डिसेम्बरको दरको तुलनामा जनवरीमा अहिलेसम्म देखिएको पहुँच दरमा उल्लेखनीय ह्रास देखिएको उहाँको भनाइ छ । डिसेम्बरमा ७० प्रतिशतभन्दा बढि जनवरीको सुरुमा १४ प्रतिशतको दरमा गिरावट आएको उल्लेख उहाँले उल्लेख गर्नुभएको छ । विविद अवरोधको मानवीय लागतलाई उजागर गर्दै, डुजारिकले हरेक दिन उत्तरी गाजामा रहेका लाखौँ मानिसको ज्यान गुमाउने पीडामा मद्दत गर्न असमर्थ भएको उल्लेख गर्नुभएको छ ।

यसैगरी संयुक्त राष्ट्रसङ्घ आपतकालिन राहत संयोजक मार्टिन ग्रिफिथ्सले गाजाको स्वास्थ्य क्षेत्रको सामाजिक अवस्था चित्रण गर्दै गाजामा स्वास्थ्य क्षेत्र बिस्तारै निस्सासिएको बताउनुभएको छ ।त्यसको भयावह नतिजाबारे उल्लेख गर्दे उहाँले गर्भवती आमाले सुरक्षित रूपमा बच्चा जन्माउन नसक्ने, बालबालिकालाई खोप लगाउन नसक्ने, बिरामी तथा घाइतेले उपचार नपाउने अवस्थाको कारण मानिसको मृत्यु भइरहेको बताउनुभएको छ ।

युद्ध नियमको बाबजुत पनि मानवीय पक्षको दृष्टीकोणबाट कार्यकर्तासहित नागरिकको आवश्यक सुरक्षा गर्नु अत्यावश्यक रहेको उहाँले बताउनुभएको छ । रासस/सिन्ह्वा