नेपाली कांग्रेसले शुक्रबार राति दाङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले शनिबार विज्ञप्ति जारी गरेर घटनामा परी दिवङ्गत भएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
बुटवल जेसिजको ५० औँ शाखा अधिवेशनबाट अध्यक्षमा विनोद घिमिरे निर्वाचित हुनुभएको छ । सन् २०२४ को नेतृत्वका लागि भएको अधिवेशनमा अध्यक्षमा घिमिरे र अर्जुन ज्ञवालीले प्रतिस्पर्धा भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले प्रदेशमा रहेका प्रहरी चौकी तथा प्रहरी कार्यालयहरूको भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने बताउनुभएको छ ।
पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले जेलमा रहेका पूर्वमन्त्री मारिउज कामिन्स्की र उनका डेपुटी मासिएज वासिकलाई पुनः माफी दिनुहुने भएको छ ।
कोरोना त्रासदीका बिच सेता पत्ताको सिटामोलको व्यापक अभाव भयो । त्यसो त बजारमा सिटामोल नपाइएको होइन, तर आम रूपमा सेतो पत्ताको सिटामोलप्रतिको विश्वसनीयताका कारण जताततै यसको माग चुलिएको थियो ।
ठट्टै ठट्टामा आठ दशकको उमेर टेकेपछि विश्वम्भर चञ्चललाई आफ्नो विश्वास सार्थक भएको मात्र होइन, अझै केही वर्ष मजाले बाँचिन्छ भन्ने आत्मविश्वास पलाएको छ । ‘तर रोगले ओछ्यानमा थला परेर बाँच्न चाहिँ नपरोस्’ भन्नुुहुन्छ उहाँ ।
माघेसङ्क्रान्तिसँग देवघाटको धार्मिक एवंं सांस्कृतिक महìवको सम्बन्ध जोडिएको छ । सरसर्ती हेर्दा माघेसङ्क्रान्ति हुन्थेन भने देवघाटको पहिचान पनि नरहने देखिन्छ । त्यसैले माघेसङ्क्रान्ति र देवघाटको सम्बन्ध अ
श्रीमतीको हत्या गरी सासू र छिमेकी दुई जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर बेपत्ता भएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलावासीहरुले गाउँको स्वरूप नै बिग्रने गरी जलविद्युत आयोजना नबनाउन माग गरेका छन् । चिमखोला गाउँ भएर बग्ने बगर खोलामा मोना हाइड्रोपावर कम्पनीले साढे पाँच मेगावाट क्षमताको बगर खोला जलविद्युत आयोजना निर्माणको तयारी थालेपछि स्थानीयहरूले विरोध जनाएका हुन ।
बर्दिया जिल्लाको ठुलो तालमध्येको एक ताल हो बढैयाताल । यसको क्षेत्रफल १०९ बिघा चार कट्ठा १७.५ धुर रहेको छ । समुद्र सतहदेखि १४६ मिटर उचाइमा रहेको यो तालको गहिराइ तीनदेखि सात फिटसम्म रहेको छ ।
विधान मस्यौदाबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने उक्त बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
जिल्लाको तिनाउमा नम्बर प्लेटविनाका एक्स्काभेटर सञ्चालन भएको पाइएको छ । नम्बर प्लेट नराखेका सवारीसाधन चलाउन नपाइने भए पनि तिनाउमा भने एक्स्काभेटरहरू नम्बर प्लेटविनै ढुङ्गा, बालुवा, गिट्टी र माटो उत्खननमा प्रयोग भएका हुन् ।
जहाँ जे चिजको उत्पादन बढी हुन्छ, त्यहाँ त्यस वस्तुको मूल्य कम हुन्छ र जहाँ कम उत्पादन हुन्छ त्यहाँ त्यसको महìव अधिक रहन्छ । भूपरिवेष्टित देश नेपालको राजधानी काठमाडाँैलाई समुद्रवेष्टित अस्ट्रेलियाको पानी
प्रकृति र मानवबिचको अन्तरसम्बन्ध सहरतर्फको बसाइँसराइले थप चुनौतीपूर्ण बनाइदिएको छ । मानव जति सभ्य, सुसंस्कृत र इमानदार बन्दै जान्छ, त्यति प्रकृतिले पनि दीर्घजीवन र सफलता प्रदान गर्ने हो । दुवैले एक अर्कालाई बचाउनु पर्छ । यस्तो संवेदनशील सम्बन्धलाई बुझ्न सबैको छाती फराकिलो हुनै पर्छ । राज्य, सङ्घ संस्था र व्यक्तिका विचार, कार्यशैली र मनोविज्ञान नफेरिएसम्म स्वच्छ हराभरा सहरको परिकल्पना गर्न सकिँदैन ।