• ५ जेठ २०८१, शनिबार

काठमाडौँलाई महासागरको पानी उपहार

blog

जहाँ जे चिजको उत्पादन बढी हुन्छ, त्यहाँ त्यस वस्तुको मूल्य कम हुन्छ र जहाँ कम उत्पादन हुन्छ त्यहाँ त्यसको महìव अधिक रहन्छ । भूपरिवेष्टित देश नेपालको राजधानी काठमाडौँलाई समुद्रवेष्टित अस्ट्रेलियाको पानी उपहार यस अर्थमा सान्दर्भिक मानिनु स्वाभाविकै हो । भर्खरै प्रकाशित प्रस्तुत शीर्षकको अमर कृतिका नियात्राकार वियोगी बुढाथोकी हुन् । पानी पानीको गहिरो प्रशान्त, आन्ध्र, हिन्द, आर्कटिक र एन्र्टाकटिका महासागरहरूको बिचमा अवस्थित सबैभन्दा सानो अस्ट्रेलिया महादेशले संसारकै ठुलो टापुको संज्ञा पाएको छ । भूगोलको गोल केन्द्रवर्ती बिन्दुमा अवस्थित अस्ट्रेलिया महादेशको घुमफिर गर्ने भाग्यमानी नियात्राकार बुढाथोकीले चीन, भारतबिचको भूपरिवेष्टित देश नेपालको नागरिकको नाताले सधैँ तृषित व्यग्र काठमाडौँको पानी अभावको न्यास्रो मेटाउन नियात्रा कोसेलीको रूपमा महासागरको पानी उपहारको रूपमा उदाएका छन् ।

बिल्कुलै नवीन शिक्षा सन्देश र नौलो शीर्षकमा उनिएका अस्ट्रेलियाका २५ र नेपालका चारसमेत २९ शीर्षकमा नियात्रा सङ्ग्रह २०८० ले पूर्णता पाएको छ । नेपालको पछिल्लो पुस्ता अमेरिका, युरोप, अस्ट्रेलियालगायत सम्पन्न देशमा अध्ययन, जागिरलगायत जीवन गुजाराको मेलोमेसो सम्भावना खोजीको हतारमा हाम फाल्ने फेसन केही वर्षदेखि असीमित रूपमा देशभित्र बढ्दो छ । बुढाथोकी तीन जोडी छोरी ज्वाइँ र एक जोडा छोरा बुहारीको गुर्कोले अस्ट्रेलियाका चर्चित सहर ढाकेको छ । अझ सन्तानका खानीको बढ्दो सृष्टि क्रमले नियात्राकार दम्पतीमा अस्ट्रेलियाप्रतिको माया मोह दिनप्रतिदिन बढ्दो छ । परिवार, आफन्त, प्रियजनसँग भेटघाटसँगै केही समयको बसाइमा पारिवारिक माया मोहको अतृप्त भोक मेटाउन २०७८ चैत मसान्तदेखि २०७९ भाद्र मसान्तसम्म नियात्राकारलाई अस्ट्रेलिया महादेशमा रमाउने साइत जुर्छ । त्यही छ महिना बसाइँ अवधिको लक्ष्मण रेखालाई समय सीमाको केन्द्रबिन्दुमा राखेर महादेशभित्रका महìवपूर्ण स्थान विशेष घुमफिर अनुभवको डायरी टिपोट सङ्कलनलाई नियात्रा अनुभवको पाहुरको रूपमा पस्कनुभएको छ उहाँले । जीवनभर अस्ट्रेलिया नदेखेका नघुमेका नेपाली जिज्ञाशु पाठकलाई डायरी टिपोट कोसेलीमार्फत यसरी अस्ट्रेलियाको सान्दर्भिक नियात्रा पृष्ठभूमि पस्किन सफल बुढाथोकी एक अब्बल नियात्राकारको रूपमा आफूलाई उभ्याउन सफल हुनुभएको छ । 

मानव बस्तीको इतिहास अस्ट्रेलियामा त्यति लामो छैन । करिब सन् १७३८ देखि १७४२ सम्म बेलायतमा कुकर्म गर्ने अपराधी तथा समाजको उपेक्षित पेसा गर्ने बार्बर, बुचर समुदायलाई दण्डस्वरूप तत्काल बेलायतमा काला पहाड भनिने निर्जन घनाजङ्गलले घेरिएको पानी अभावको पृथ्वीको शुष्क हृदय मरुभूमिको विशाल टापु अस्ट्रेलियामा डुङ्गामा राखेर लखेटिएका मानव बस्ती नै आज अस्ट्रेलियाको आदिवासी मानिन्छन् । यसरी हुने खाने सम्भ्रान्त वर्गको प्रत्यक्ष सिकार बनेर बेलायतबाट लखेटिएका दीनदुःखी आदिवासी अस्ट्रेलियाको कथा व्यथाले पाठक हृदय सहजै हुन्छ । त्यहीँ अस्ट्रेलियाको अति विकट क्षेत्रमा विशाल कैद खाना (जेल) निर्माण गर्दा तिनै आदिवासीको श्रम शोषणद्वारा इटाभट्टी उद्योग, काठ लकडीको सम्पूर्ण व्यवस्था गरिएको मर्माहत इतिहासले पाठक हृदयलाई सहजै पगाल्छ । मानव मानवबिचको द्वैध व्यवहारको असान्दर्भिक मर्माहत कथाले बेलायतको प्रजातन्त्रको जननी हुँ भन्ने हँुकारलाई एक हदसम्म उपहास गर्छ । 

आज तिनै आदिवासीको मेहनत, श्रम, सिप, जोस, जाँगरको शिल्प शैली सङ्कल्पद्वारा अस्ट्रेलियालाई संसारको आठौँ औद्योगिक राष्ट्रको पङ्क्तिमा उभ्याएर सर्वत्र प्रशंसाका नायक आज अस्ट्रेलियाका नागरिक कहलिएका मात्र कहाँ हो र ? संसारकै नयाँ पुस्ता आकर्षणको केन्द्रबिन्दु अस्ट्रेलियाभित्र संस्कार परिष्कृतको सुन्दर पक्ष मानिन्छ । संस्कारजन्य मानवीय शासन प्रणालीको भरपर्दो दीर्घ सोच, शान्ति, सुरक्षा विकसित मानवीय संस्कार, भूगोल, हावापानी जस्ता भरपर्दा उपज आधार हुन् भन्दा आश्चर्य लाग्छ । सुन्दर, शान्त लामो इतिहास, समशितोष्ण सदाबहार हावापानी, स्वास्थ्य वातावरण, सहिष्णुता, सामाञ्जस्यता अङ्कुरणको इतिहास बोकेको मोहलाग्दो देश अस्ट्रेलियाको वैभव एकातिर र अर्कोतिर राजनीतिक लुछाचुडी र अनुत्तरदायी नेतृत्व पङ्क्तिको अर्घेलेइले अशान्त नेपाल झै झगडा र बेथितिको घानमा पेलिँदै छ । भोलिको नेपालको उज्यालो र शान्त माहोलको भरपर्दो आधार नदेखेर नै आज युवक युवती नेपाली विभिन्न देशतर्फ बसाइँ सराइको बढ्दो लहर चुलिनु देशकै लागि हरेस लाग्दो कुरा हो । यसरी पिरलोमा गुज्रिँदै बसेका बुढाबुढी नेपाली आफ्ना दर्शन्तान भेटघाट गर्न छोटो समय विदेशतर्फ फालहाल्ने आजको बढ्दो परिवेशमा नियात्राकार बुढाथोकी पनि एक सचेत अभिभावक हुनुहुन्छ, जसले आफ्नो निजी अस्ट्रेलिया भ्रमणको समय सदुपयोगमार्फत नियात्रा कोसेलीको अमर ठेली तयार गरी देशभित्रै सम्भावना खोज्न र विदेशप्रति बढी लालयित नबन्न राष्ट्रप्रेमी नेपाली पाठकलाई झस्काएका मात्र छैनन् । स्वदेशी नेपालको माटोलाई मुटुसरह सम्झेर आफ्नो श्रम, सिप, जोस, जाँगर सङ्कल्पमार्फत माया गर्न उत्प्रेरित गरेका छन् । अस्ट्रेलियनहरूले आफ्नो देशलाई पौरखद्वारा समृद्ध बनाए जस्तै नेपाललाई पनि बनाउने इच्छाशक्ति उत्प्रेरित गर्ने आत्मज्ञानको सन्देश नेपाली पाठकलाई दिएका छन् । 

नियात्रा कोसेलीको अध्ययन गर्दा अग्रणी शीर्षक काठमाडौँलाई महासागरको पानी भाग्यमानी शीर्षकमा चयन भएको छ । होवार्टमा बिहानको मुस्कान, ब्रुनी आइसल्यान्डमा झुलुक्क, महासागरमा १० घण्टा, समुन्द्रभित्रको अर्कै संसार, फिलिप आइल्यान्डको यात्रा, भर्जिनबाट केन्सको यात्रा, स्काइरेलमा सुँइकिनुको मजा, आनन्दमा उर्लियो आँसु, क्यानवेराको आफ्नै रौनकलगायतको विविध परिवेश समाविष्ट छ । अस्ट्रेलियाको महìवपूर्ण टापुको पनि टापु ताजभानियादेखि त्यसको राजधानी होवार्टसम्मको रहस्य खुलाएर मेलवर्नदेखि १० घण्टाको पानी जहाज यात्रामार्फत पाठकीय उत्सुकताको भोक मेटाइदिएका छन् नियात्राकारले । बेलायतको स्कटल्यान्ड, इन्डोनेसिया, वर्मा, पूर्वी टिमोर, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, भारतलगायतका विभिन्न देश भ्रमणको छासमिस खुराक साँधेर विदेशी यात्राको स्वादिलो नियात्रा व्यञ्जन पुस्तकमा छ । यसै गरी स्वदेशमा लमजुङको घलेगाँउ, चारधामले परिचित देवघाट, स्याङ्जा वालिङ तथा कुशादेवीदेखि लाकुरी भन्ज्याङ ललितपुरसम्मको यात्रा वर्णन समेट्दै अस्ट्रेलियामा भुलेका पाठकलाई नेपालप्रति हेक्का गर्न झस्काइएको छ ।