• १२ मंसिर २०८१, बुधबार

पोल्याण्डका राष्ट्रपतिले पूर्वमन्त्रीलाई माफी दिने

blog

पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडा

काठमाडौं, पुस २८ गते । पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले जेलमा रहेका पूर्वमन्त्री मारिउज कामिन्स्की र उनका डेपुटी मासिएज वासिकलाई पुनः माफी दिनुहुने भएको छ । राष्ट्रपति डुडाले उनीहरूलाई दोस्रो पटक माफी दिन लाग्नुभएको हो । उनीहरू शक्तिको दुरुपयोगको गरेकोमा दोषी ठहरिएका थिए ।

मार्च २०१५ मा, मारिउज कामिन्स्की र उनका डेपुटी मासिएज वासिकलाई २००७ मा भ्रष्टाचार गरेको ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, नोभेम्बर २०१५ मा कानुन र न्याय (पीआईएस) पार्टी सत्तामा आएपछि डुडाले कामिन्स्कीलाई आन्तरिक मन्त्री बन्न अनुमति दिएर उनीहरू दुवैलाई माफी दिनुभएको थियो ।

जुन २०२३ मा मुद्दा डकेटमा फर्कियो र त्यही वर्षको डिसेम्बरमा कामिन्स्की र बासिकलाई सोही मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको थियो । बिहीबार कामिन्स्की र वासिकका पत्नीहरूसँग भेट गरेपछि डुडाले उनीहरूको अनुरोधमा दुवै पीआईएस राजनीतिज्ञहरूका लागि माफीको कार्यवाही सुरु गर्ने निर्णय गर्नुभएको हो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल