• २९ वैशाख २०८१, शनिबार

श्रीमतीको हत्या गरी फरार लिम्बु पक्राउ

blog

असफल कुरुम्वाङले श्रीमतीको हत्या गरेको मिक्लाजुङ ३ स्थित ससुराली घर । तस्बिर: गोरखापत्र

राधा लुइँटेल 

फिदिम, पुस २८ गते । श्रीमतीको हत्या गरी सासू र छिमेकी दुई जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर बेपत्ता भएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिक्लाजुङ ३ स्थित माइती घरमा रहेकी श्रीमती गोमा फियाकलाई हत्या गरी सासू कान्छिमाया र छिमेकी महेन्द्र श्रेष्ठलाई खुकुरी प्रहार गरेर फरार रहेका तुम्वेवा ४ निवासी असफल कुरुम्वाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो । कुरुम्वाङले पुस २६ गते साँझ ८ बजे घरायसी विवादमा मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेकी स्थित माइती घरमा रहेकी ३५ वर्षीया श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरी हत्यासँगै छिमेकी महेन्द्र श्रेष्ठ र सासू आमा कान्छिमाया फियाकलाई घाइते बनाएर बेपत्ता भएका थिए ।

घाइतेको झापा स्थित बि.एन्ड अस्पताल झापामा उपचार हुँदै छ । कुरुम्वाङ दम्पती बिच पहिल्यैदेखि मेलमिलाप नभएको बताइएको छ । विवाद मिलाउन बसेका बखत खुकुरी प्रहार भएको थियो ।