झापाको कमल गाउँपालिका ४ स्थित केर्खामा शनिवार दिउँसो तीन वटा मोटरसाइकल र स्कुटी ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप दुई जना घाइते छन् ।
सुनसरी सदरमुकाम इनरुवामा थारु कल्याणकारिणी सभा इनरुवाको आयोजनामा तिला संक्राइत तथा माघी महोत्सव सुरु भएको छ। सभाको आयोजानमा शनिबार तिला संक्राइत तथा माघी महोत्सव २०८० सुरु भएको हो।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताउनुभएको छ।
तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित तेस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबमा कार्यरत शङ्खुवासभाका २३ वर्षिय गोविन्द कार्कीले जित्नु भएको छ ।
बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । १२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । बागमतीले २ रजत र १ कांस्य पनि जित्यो ।
दुई दिनदेखि सामान्य प्रसुति व्यथा लागेकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छन्। केही महिनायता सिमकोटमा बस्नुभएका रुपसिला विश्वकर्माले शनिबार बाटोमै शिशुलाई जन्म दिनुभएको हो।
मकवानपुरमा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ स्थित पदमपोखरीका योगेश अर्यालको आफैले काटेको हागाले लागेपछि रुखमा च्यापिएर शनिबार मृत्यु भएको हो ।
ताप्लेजुङमा यसवर्ष तरुलको मूल्य महङ्गिएको छ। तरुलको व्यवसायिक खेती नभएको र उत्पादनमा कमी हुँदा मूल्य महङ्गिएको हो।
थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस चलाएको छ।
छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखा चेस होम नेपालले जितेको छ । ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृती प्रतिष्ठानको हलमा शनिबार सम्पन्न फाइनल खेलमा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घलाई हराउँदै दोलखाले उपाधि जितेको हो ।
शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सो सम्मेलन फागुन १, २ र ३ गते गर्ने औपचारिक निर्णय गरेको हो।
नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा पुलिसले बागमती प्रदेशलाई ६८ रनले हरायो ।
झापाको गौरीगन्जमा आदिवासी जनजातिको मौलिक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सरकारले ल्याएका विकास निर्माणका योजनाहरुलाई समयमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
तेक्वान्दो खेलाडी निता गुरुङ अन्तर्राष्ट्रिय रेफ्री बन्नुभएको छ ।