• २१ असार २०८१, शुक्रबार

निता अन्तर्राष्ट्रिय निर्णायक

blog

निता गुरुङ ।

काठमाडौँ, पुस २८ गते । तेक्वान्दो खेलाडी निता गुरुङ अन्तर्राष्ट्रिय रेफ्री बन्नुभएको छ । गत डिसेम्बर ७ देखि १० तारिखसम्म अन्तर्राष्ट्रिय तेक्वान्दोले कोरियाको मुजुमा भएको १२६ औँ ग्यारोगी आइआर सेमिनारमा लिएको परीक्षामा उत्तीर्ण हुँदै निता अन्तर्राष्ट्रिय निर्णायक बन्नुभएको हो ।

धरान सुनसरिकी निता १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता पनि हुनुहुन्छ । उहाँ १८औँ एसियाली खेलकुदमा समेत पुम्से विधामा सहभागी हुनुभएको थियो ।