• २१ असार २०८१, शुक्रबार

सडक दुर्घटनामा वृद्धको मृत्यु

blog

दुर्घटनामा मृतक रघुनाथ भट्टराई ।

लीलाराज खड्का 

बिर्तामोड, पुुस २८ गते। झापाको कमल गाउँपालिका ४ स्थित केर्खामा शनिवार  दिउँसो  तीन वटा मोटरसाइकल र स्कुटी ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप दुई जना घाइते छन् । 

कमल ४ स्थित केर्खामा पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०१-०१६ प ८९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। सोही समयमा प्रदेश १-०१-०१६ प ७१४० नम्बरको स्कुटीसमेत पुगेर ठक्कर खाँदा प्रदेश १-०१-०१६ प-८९९२ नम्बरको मोटरसाइकलको पछाडि सवार झापा कनकाई नगरपालिका ३ बस्ने ७० वर्षीय रघुनाथ भट्टराईको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

दुर्घटनामा सोही मोटरसाइकल चालक कनकाई नगरपालिका ५ का ५३ वर्षीया चन्द्रप्रसाद भट्टराई सामान्य घाइते हुनुभएको छ। अर्को मे ६ प ३१५२ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका ३ निवासी ५५ वर्षीय देवप्रसाद बजगाईंको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा परेका सबै मोटरसाइकल हाल प्रहरी चौकी केर्खामा राखिएको छ।