• २१ असार २०८१, शुक्रबार

हुम्लामा बाटोमै शिशुको जन्म

blog

बाटोमै शिशुलाई जन्म दिनुहुने रुपसिला विश्वकर्मा। तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, पुस २८ गते। दुई दिनदेखि सामान्य प्रसुति व्यथा लागेकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छन्।  केही महिनायता सिमकोटमा बस्नुभएका रुपसिला विश्वकर्माले शनिबार बाटोमै शिशुलाई जन्म दिनुभएको हो। 

प्रसूतिका लागि जिल्ला अस्पताल जाँदै गर्दा पुरानो सिटिजन बैङ्कमाथि पट्टी बाटोमै उहाँले शिशुलाई जन्म दिनुभएको हो। सुत्केरी भएकी महिला हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ७ रोडिकोट कार्कीबाडा गाउँ निवासी हिरबहादुर विककी श्रीमती हुनुहुन्छ। 

सुत्केरी बाटोमै अलपत्र परेपछि स्थानीयले जिल्ला अस्पताल पुर्याएका थिए। हुम्ला जिल्लामा चिसो अत्याधिक भएपछि बाटोमै सुत्केरी भएकी विश्वकर्माको उद्धारमासमस्या देखिएको थियो। 

चिसोले बच्चासँगै आमाको स्वास्थ्यमा देखिएको समस्या अस्पतालमा लगेर उपचार सुरु गरेपछि सुधार आएको छ। अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिनुभयो।