• २१ असार २०८१, शुक्रबार

दोलखाले जित्यो राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिप उपाधि

blog

बुद्धिचाल उपाधि विजेता टोलीका खेलाडी ।

काठमाडौँ, पुस २८ गते । छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखा चेस होम नेपालले जितेको छ । ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृती प्रतिष्ठानको हलमा शनिबार सम्पन्न फाइनल खेलमा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घलाई हराउँदै दोलखाले उपाधि जितेको हो । 

नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको उपाधि जित्ने क्रममा दोलखाले भक्तपुरलाई ३.५ र ०.५ ले हरायो । टिमलाई उपाधि जिताउने क्रममा दोलखामा वर्तमान नेपाल च्याम्पियन रुपेस जैसवालले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई पराजित गर्दा दोलखाका सुश्रुत दहाल भक्तपुरका विकास चोकामीसँग बराबरी खेल्नुभयो 

यस्तै दोलखाका मुहान नर्सिङ श्रेष्ठ र सुजना लोहनीले क्रमश: भक्तपुरका स्वर्णिम दुवाल अभिक शाहलाई पराजित गर्नुभयो । अर्को खेलमा कमवानपुर जिल्ला चेस सङ्घलाई २.५ र  १.५ ले पराजित गर्दै कोशी प्रदेश तेस्रो भयो । 

उपाधि जितेसँगै दोलखाले दुई लाख रुपियाँ पुरस्कार पायो । उपविजेता भक्तपुरले एक लाख २० हजार, तेस्रो भएको केशीले ६० हजार र चौथो भएको मकवानपुरले ४० हजार रुपियाँ पुरस्कार पाएको छ । प्रत्येक बोर्डमा पहिलो हुने चार जना खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका उत्कृट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी दिनुभयो ।