• २१ असार २०८१, शुक्रबार

'सरकारले ल्याएका विकास निर्माणका योजनाहरुलाई समय सम्पन्न गर्नुपर्छ'

blog

कमल गाँउपालिका १ स्थित समिर टुडु सतार सहित स्थानीयको १० वटा घर शिलान्यास गर्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की ।

विष्णुप्रसाद पोखरेल 

दमक, पुस २८ गते । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सरकारले ल्याएका विकास निर्माणका योजनाहरुलाई समयमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । समयमा काम सक्ने भनेर निर्माण सम्झौता गर्ने तर काम नगर्ने प्रवृतीको अन्त्य हुनुपर्ने बताउँदै यसमा उपभोक्ता तथा आम नागरिकले खबरदारी गर्नुपर्ने जनाउँदै उहाँले यस्तो बताउनुभएको हो ।

झापा क्षेत्र नम्बर ५ (क) का प्रदेश सभा सदस्य एवम् कोशी प्रदेश नेकपा एमालेका संसदीय दलका नेता समेत रहनुभएका कार्कीले जनता आवास कार्यक्रम अन्तर्गत कमल गाँउपालिका १ स्थित समिर टुडु सतार सहित स्थानीयको १० वटा घर शिलान्यास गर्दै समयमा काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

"पछिल्ला समयमा धेरै निर्माणका कामहरु अलपत्र अवस्थामा रहेका छन । विपन्नहरुका लागि बन्दै गरेको घर निर्माणमा ढिला नहोस भन्ने मेरो आग्रह र अनुरोध छ", उहाँले भन्नुभयो ।

जनता आवास कार्यक्रम अन्तर्गत कमल गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ अतिविपन्न १० घरपरिवारका लागि २ महिनाभित्रमा घर बनाइसक्नु पर्नेछ । दुई महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । २२ फुट लम्बाई र १५ फुट चौडाइ रहेको २ कोठाको घर निर्माण हुनेछ ।

अहिलेको समयमा घर निर्माणका लागि तीन लाख ५० हजार रुपियाँ रकम थोरै भएकाले यो रकम बढाउन आफूहरुले कुरा उठाइरहेको पनि कार्कीले जनाउनुभएको छ । जनता आवास कार्यक्रम अन्तर्गत एउटा घर निर्माणका लागि तीन लाख ५० हजार रुपियाँ बजेट विनियोजन हुने गरेको छ ।