• १२ असार २०८१, बुधबार

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

blog

मृतक गुणा राजवंशी । तस्बिर :लिलाराज झापाली

लिलाराज झापाली
बिर्तामोड, पुस २८ गते ।
 झापाको झापा गाउँपालिका-६  फुलगाछी चौकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

झापा गाउँपालिका-५ का ३२ वर्षीय गुणा राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार  साँझ झापा–६ फुलगाछी चोकदेखि पूर्व राधाबस्ती जाने सडकखण्डमा ललितपुर सातदोबाटोका दीपक शङ्कर सवार बा ४६ प २१०२ नम्बरको मोटरसाइकलले साइकलमा सवार राजवंशीलाई ठक्कर दिएको थियो । घाइते राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

राजवंशी काम गरेर घर फर्कने क्रममा रहेको बुझिएको छ । यता ठक्कर दिने शङ्कर दाजुको घरमा पाहुना आउनुभएको बुझिएको छ ।