मानव ओसारपसार तथा बेचबिखनविरुद्ध बाँकेमा क्रियाशील शुभ सन्देश सभा नेटवर्क (ज्ञान) नेपालले गत आर्थिक वर्षमा नेपालबाट भारततर्फ जाँदैगरेको शङ्कास्पद एकसय ४४ जना नागरिकलाई सिमानाकाबाट घर फिर्ता गरेको छ ।
सातौँ राष्ट्रिय भक्का दिवस झापामा भव्य रूपमा मनाइएको छ । रैथाने परम्परागत खाद्य परिकारको रूपमा प्रवर्द्धन र संवर्द्धन गर्ने साझा प्रतिबद्धता सहित आइतबार भक्का दिवस मनाइएको हो ।
दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने आइसिसी यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामै तयारीमा व्यस्त छ । नेपालले दक्षिण अफ्रिकामा तीनवटा अभ्यास खेल समेत खेलिसकेको छ ।
यु–१९ विश्वकप अघि खेलिएको अभ्यास खेलमा नेपाल विजयी भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा शनिबार अबेर सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा सात विकेटले हरायो ।
माघे सङ्क्रान्तिको अवसरमा यहाँ आयोजना हुन गइरहेको पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका निम्ति गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधी उत्पादनको काम तत्काल थाल्न निर्देशन दिनुभएको छ।
एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बन्नुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्वार तातोपानी कुण्डमा जान कालिगण्डकी नदीमा काठेसाँघु निर्माण गरिएको छ । झोलुङ्गे पुल नहुँदा हिउँदका समयमा कुण्डमा जाने बिरामी र पर्यटक जोखिम मोलेर काठको पुलबाट नदी वारपार गर्दै आउनुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सार्वजनिक गर्नुभएको छ। मुख्यमन्त्री भएको एक वर्षको अवसरमा शनिबार पत्रकार सम्मेलन गर्दै उहाँले कार्यप्रगति सार्वजनिक गर्नुभएको छ।
यस वर्षको हिउँदे याममा हिमपात र वर्षा नभएपछि हिउँदे बाली खेतबारीमै सुक्न थालेका छन् । हिमपात र वर्षा नहुँदा जिल्लाको बेँसीदेखि लेक क्षेत्रसम्म गरिएको हिउँदे बाली खेतबारीमै सुक्न थालेको हो ।
नेकपा (एमाले) बाँकेले आयोजना गरेको पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने स्वास्थ्य शिविरमा २०२ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।
जाजरकोटको कुशे गाउँपालिकाका तीन स्थानमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट एक हजार बढी बिरामीले उपचार सेवा पाएका छन् ।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकूसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ ।
शीतलहरसँगै चिसो बढेपछि बाँकेका विभिन्न स्थानीय तहले सार्वजनिक स्थान तथा चोकमा दाउरा वितरण गरेका छन् । आइतबार विहान नेपालगन्ज उप–महानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँमा दाउरा वितरण सुरु गरिएको हो ।
शीतलहरको चपेटामा परेका विपन्न मुसहर समुदायले दाउरा र न्यानो लुगा माग गरेका छन्। अन्य समुदायको तुलनामा अभावै अभावमा जीवन बिताउने मुहसर समुदाय ९९ प्रतिशत भूमिहीन र हरुवाचरुवा छन्।