पर्वतको कुश्मा नगरपालिकास्थित अर्मादी भन्ने स्थानमा स्वस्थ मासु उत्पादनका लागि कृषकले स्थापना गरेको बधशाला प्रयोगविहीन भएको छ ।
एक सय दिन पुरानो पछिल्लो इजराइल–हमास युद्ध कट्टर दुश्मनबीचको अहिलेसम्मको सबैभन्दा लामो, सबैभन्दा रक्तपातपूर्ण र सबैभन्दा विनाशकारी युद्ध हो ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन लक्षित गरी गण्डकी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार माघ २ गतेबाट चुनावी अभियानमा जाने तय भएको छ।
नेपाल भाषाका गायक भृगुराम श्रेष्ठको ९१ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । अर्बुद रोगबाट पीडित गायक भृगुरामलाई केही दिनअघि वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजा र चरेससहित ६ जनालाई आइतबार नियन्त्रणमा लिएको छ ।
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ। चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेको बताउनुभयो।
निर्माण व्यवसायीलाई नेपाल सरकारको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ।
प्रहरीले राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
नेपालमा सोमबारदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागका अनुसार आज आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी क्षेत्रको एक–दुई स्थानमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने छ ।
घोराही उपमहानगरपालिका–१६ स्यानी अम्वारपुर निवासी अनिता चौधरीलाई माघी पर्वको उमङ्गले छोएको छ । थारु समुदायले नयाँ वर्षको रूपमा माघ नजिकिएसँगै गाउँघरमा नाचगान हुँदा अनितालाई बेग्लै अनुभूति हुने गर्दछ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव–जनावरबिचको द्वन्द्व बढ्दै गएको भन्दै समस्या समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्ने बताउनुभएको छ।
ताप्लेजुङमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष सुन्तला उत्पादन वृद्धि भएको हो ।
विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
चीनको युनान प्रान्तको मिडियासँग सम्बन्धित प्रतिनिधि मण्डलले आज गोरखापत्र संस्थानको सद्भावना भ्रमण गरेको छ ।