• ६ जेठ २०८१, आइतबार

उम्मेदवारको निर्वाचन खर्चको हद तोकियो

blog

काठमाडौं, माघ २९ गते । निर्वाचन आयोगले २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ । हरेक उम्मेदवारले तीन लाख ५० हजार हजार रुपियाँसम्म खर्च गर्न सक्ने गरी हद तोकेको जानकारी आयोगले दिएको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) अनुसार सो हद तोकेको हो । 

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी साधनको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिनेछ ।

उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोग निर्देश गर्दछ । 

त्यसैगरी, निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नसमेत आयोगले निर्देश गरेको छ ।