• ७ असार २०८१, शुक्रबार

एमबाप्पे र ब्राइलीको गोलमा पीएसजी विजयी

blog

बल अगाडि बढाउँदै केलियन एमबाप्पे ।

काठमाडौँ, माघ १ गते । फ्रेन्च लिग वानको शीर्ष टोली पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिगमा आफ्नो अग्रता थप बलियो बनाएको छ । आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित लेन्सलाई २–० गोलले हरायो ।

पीएसजीको जितमा ब्राइली बार्कोला र केलियन एमबाप्पेले गोल गर्नुभयो । बार्कोलाले ३०औँ र एमबाप्पेले ८९औँ मिनेटमा गोल गर्नुभयो । यसअघि लेन्सले सातौँ मिनेटमा पेनाल्टीको अवसर गुमाएको थियो । पहिलो हाफको अन्त्यमा जोनाथन ग्राडिटले रातो कार्ड पाउँदै बाहिरिएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो ।

जसको फाइदा पीएसजीले भरपुर उठायो । जितसँगै पीएसजीले १८ खेलबाट ४३ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको नाइसको ३५ अङ्क बनाएको छ । पराजित लेन्स २६ अङ्कसहित आठौँ स्थानमा छ । एजेन्सी