• ६ जेठ २०८१, आइतबार

पालिकाको बजेटमा सडक कालोपत्रे

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, माघ २ गते । आँधीखोला गाउँपालिकामा दुई सडकको दुई किमी सात सय मिटर कालोपत्रे गरिएको छ । पालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गरेको हो । यहाँको वडा नं. २ को जरेखोला–भण्डार थुम्का–मडुवा सडक दुई किमी एक सय मिटर र वडा नं. ५ को गावटे नाम्चेडाँडा छहरे सडक छ सय मिटर कालोपत्रे गरेको हो ।  

जरेखोला सडक अशुंर्मा/स्वर्णिम जेभी पोखराले दुई करोड २६ लाख ९६ हजार २२ रुपियाँ २८ पैसामा निर्माण भएको हो । निर्माण कम्पनीले २०७९ साउन १८ गते सम्झौता गरेर सम्झौताको अवधिभित्रै काम सकेको हो । 

गावटे नाम्चेडाँडा सडक क्रियटिभ इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि पुतलीबजार–५ ले कालोपत्रे गरेको हो ।क्रियटिभले सडक एक करोड २५ लाख ६७ हजार ८८३ रुपियाँमा पालिकासँग २०७९ साउन १८ गते सम्झौता गरेको थियो ।  

इन्जिनियर प्रकाश पौडेलले कालोपत्रे, पक्की नाला, सडकको चौडाइ, कल्भर्ट, कजवे, सडकको दायाँ बाँया पेन्टलगायतका काम गरिएको बताउनुभयो । 

पालिका अध्यक्ष विश्व पौडेलले जरेखोला सडकले बेताहानी, बसेवारी, मडुवा, कचुरानी, रातमाटाका तीन हजारभन्दा बढी नागरिक लाभान्वित हुने बताउनुभयो । गावटे नाम्चे डाँडाले वडा नं. ५ का रङ्गुवा, बास्कोटका साढे दुई हजारभन्दा बढी बासिन्दा लाभान्वित हुने पौडेलले बताउनुभयो ।