• १८ असार २०८१, मङ्गलबार

नागरिक सचेतना आवश्यक

blog

मानवले विभिन्न प्राकृतिक जोखिमको सामना गर्नुपर्ने हुन्छ । शासकीय व्यवस्था प्रभावकारी भएमा जोखिम छिटो सामान्यकृत हुन सक्छन् । विपत्को जोखिममा मानवीय संवेदना बढ्दो हुन्छ भने त्यसको व्यवस्थापन व्यक्तिले गर्न कठिन हुने हुँदा राज्यले विपत्को व्यवस्थापनमा सव्रिmयताका लागि सधैँ तम्तयार रहनु पर्छ । विपत्का विभिन्न प्रकार र चरण हुन्छन् । कुनै विपत्को आउने समयको पूर्वअनुमान गर्न सकिने हुँदा समयमै मानिसलाई सचेत र सुरक्षित गर्न सकिन्छ । केही विपत् जोखिमको अप्रत्यासित सामना गर्नुपर्ने हुन्छ । विपत्मध्ये भूकम्पको विपत् अप्रत्यासित आउने हुँदा नागरिकले सदा सतर्क हुने व्रिmयाकलापमा ध्यान दिन आवश्यक छ । 

विसं १९९० साल माघ २ गतेको विनाशकारी भूकम्पको दिनको संस्मरणमा २६ सौँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको छ । दिवसको प्रभावकारिताका लागि भूकम्प दिवस मार्गदर्शन–२०८० ले मूल समारोह समिति र अन्य उपसमितिको व्यवस्था भएबमोजिम नागरिक जागरणका लागि विभिन्न कार्यव्रmम तय गरिएका छन् । भूकम्पको नागरिक सचेतनाका लागि सव्रिmय संस्था भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाललाई पनि जिम्मेवारी दिइएको छ । सङ्घीय, प्रदेश एवं स्थानीय सरकारदेखि विद्यालयसम्म नागरिक सचेतनाका कार्यव्रmम तय भएका छन् । हालै जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भई गएका भूकम्पको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले अनुगमन प्रतिवेदन पेस गर्ने छ ।

भूकम्पीय जोखिम न्यूनीकरण तथा सुरक्षित संरचना निर्माणसम्बन्धी सचेतना कार्यव्रmमका साथै पूर्वाभ्यास कार्यव्रmम सञ्चालन गर्ने र सुरक्षा निकायले समेत नागरिक उद्धारका तयारी पूर्वाभ्यासका कार्यव्रmम गर्ने छन् । भूकम्प प्रतिकार्यका लागि सुरक्षा प्रदर्शनी गर्ने र सङ्घ तथा प्रदेश सरकारले भूकम्पको जोखिम र व्यवस्थापनका लागि सरोकार पक्षसमेतको सहभागितामा गोष्ठी गर्ने कार्यव्रmम रहेका छन् । ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऊँ’ भन्ने नारा तय गरी भूकम्पको प्रकोपबाट जोगिने उपायको सन्देश दिन खोजिएको छ । नेपाल भूकम्पीय जोखिममा एघारौँ स्थानमा रहेको छ । भूगोल र भौतिक पूर्वाधारका संरचना एवं नागरिक सचेतनाका विषयमा हामी कमजोर र कठिन अवस्थामा भएकाले विपत्को सचेतनाका लागि दिवस महìवपूर्ण छ । 

चौधौँ शताब्दीमा उपत्यकाका राजा अभय मल्लको भूकम्पमा परी मृत्यु भएको इतिहासपछि नेपालमा विसं १९९०, २०४५ र २०७२ सालमा विनाशकारी भूकम्प गई धेरै जनधनको क्षति भएको थियो । भूकम्प र पराकम्पका अन्य घटना बेलाबखत भइरहे पनि कम क्षति भएको थियो । हालै बझाङ र जाजरकोटमा केन्द्रबिन्दु भई गएका भूकम्पको असरको सामना गर्न परिरहेको छ । हालै जापानमा गएको ७.५ रेक्टरको भूकम्पको क्षति कम नै भएको तर नेपालमा ६.४ रेक्टरको भूकम्पले क्षति भई अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था देखियो । हाम्रो शासकीय व्यवस्था, विकासनिर्माणको गुणस्तर, विपत्का नीति तथा संरचनागत व्रिmयाशीलता र नागरिक सचेतनाको अवस्थाले विपत्को पूर्वतयारीदेखि व्यवस्थापनसम्म जोखिम न्यूनीकरणको अवस्था देखाउँछ । 

भूकम्प दिवसले नागरिकमा भूकम्पे जाखिमका घटनाको कठिन अवस्थाको सामना गर्न नागरिकलाई होसियारी अपनाउन जागरण ल्याउने छ । वर्षमा एक दिन भूकम्पबाट हुन सक्ने पीडाको स्मरण गरी सधैँ सचेत रहन सम्झाउन दिवस महìवपूर्ण हुने छ । भूकम्पको प्राकृतिक जोखिमबाट हुने होसियारीका लागि निम्न कार्यमा जोड दिन आवश्यक छ:

पहिलो काम नागरिक जागरण नै हो । नागरिकले भूकम्प जस्तो अप्रत्यासित आउन सक्ने प्रकोपका बारेमा सधैँ सतर्क र सचेत हुनु पर्छ । आफ्नो जीवन रक्षाका लागि जोखिम व्यवस्थापन कसरी गर्ने र त्यस्तो समयमा धनजनको क्षति हुन नदिन निजी र सार्वजनिक संरचना बनाउँदा पहिलेभन्दा बलियो र राम्रो बनाउने जस्ता विषयमा नागरिक आफैँ र जिम्मेवार निकायले समेत सहजीकरण गर्नुपर्ने हुन्छ । दोस्रो, विपत् जोखिमका लागि नीतिगत सोच र संरचनाका व्रिmयाकलापको प्रभावकारिता हेर्नु पर्छ ।

सङ्घीय तहको शासकीय व्यवस्थामा तीनै तहका सरकारको विपत्विरुद्ध आआफ्ना जिम्मेवारी छन् । नागरिकसँग नजिक भएकाले स्थानीय सरकारको भूमिका महìवपूर्ण मानिन्छ । भूकम्पको जोखिम आकलन, उद्धारको रणनीति, पीडितलाई राहत, पुनस्र्थापनका योजनासहित बलियो र राम्रो संरचनाका लागि नीतिले सम्बोधन र संरचनागत सव्रिmयताको भूमिका महìवपूर्ण हुन्छ । तेस्रो, समन्वयकारी भूमिकाका लागि राज्यका निकाय, गैरसरकारी संस्था, सुरक्षा निकाय र अन्तर्राष्ट्रिय सम्बन्धको राम्रो संयोजन र समन्वयको आवश्यकता देखिन्छ । पूर्वआकलन गर्न नसकिने भूकम्पको जोखिम अप्रत्यासित हुने हुँदा सरोकार निकायको तम्तयारी र प्रतिकार्यका लागि समन्वयको भूमिका महìवपूर्ण मानिन्छ । 

चौथो, राहत र उद्धारका लागि सिप र स्रोतसाधनको व्यवस्था गरी विपत् न्यूनीकरण गर्न तयारी गर्ने विषयमा ध्यान दिन आवश्यक छ । प्रकोप भएपछि आत्तिने र उद्धार र राहतका लागि स्रोत तथा साधन जुटाउन आह्वान गर्नुपर्ने अवस्था देखिँदै आएको छ । यस्तो अवस्थाले विपत् जोखिमको व्यवस्थापन गर्न धेरै समय लाग्ने गरेको छ । भूकम्प जस्तो प्रकोपमा राज्यले पूर्वतयारी गरी तम्तयारमा रहनुपर्ने र उद्धार राहतका लागि सरल र सहज व्यवस्था बनाउनुपर्ने देखिन्छ । राहत र उद्धारका लागि स्थानीय घरधुरीको वास्तविक तथ्याङ्क स्थानीय तहले राख्नुपर्ने हुन्छ । पाँचौँ, भूकम्पको प्रकोपको क्षति कम गर्न निजी र सार्वजनिक संरचना बलियो र भरपर्दो बनाउन प्रविधिको उच्चतम उपयोग गर्न जोड दिन आवश्यक छ । यीलगायतका विषयमा नागरिकलाई सचेत र सजग बनाउन भूकम्प दिवसले थप जागरणका लागि मद्दत गर्ने छ । 

नेपाल भूकम्पको जोखिममा रहेकाले हामीले प्रतिकार्यका लागि जागरणसहित जोखिम न्यून गर्न जोड दिनु पर्छ । जोखिम न्यूनीकरणका लागि नागरिक सचेत र सतर्क हुनु पर्छ । हामीले उपयोग गर्ने संरचना बलियो र जोखिमरहित हुन आवश्यक छ । संरचना निर्माण गर्दा स्थानीय स्रोत, साधन र प्रविधिको भरपर्दो उपयोग गर्ने र प्राविधिक सहयोगमा निर्माणकार्य बनाउनु पर्छ । भूकम्प जस्तो जोखिम न्यूनीकरण गर्न व्यापक प्रचारप्रसार गरी नागरिक आफैँ सक्षम हुनु पर्छ । भूकम्पको जोखिम न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सफल कार्यको अनुकरण गरी विश्व मञ्चमा भएका सामूहिक प्रयत्नलाई आत्मसात् गर्न आवश्यक छ । भूकम्प दिवसले आमनागरिकलाई जोखिम न्यूनीकरण गर्न सधैँ सचेत र सतर्क हुन प्रेरित गर्ने अपेक्षा रहेको छ । 

Author

भरत गौतम