• १३ साउन २०८१, आइतबार

जर्मनीमा साहित्यिक समारोह

blog

काठमाडौँ (गोरखापत्र), माघ ३ गते । जर्मनीको स्टुटगार्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरद्वारा आयोजित अनेसास साहित्यिक समारोह सम्पन्न भएको छ । करिब एक सय जनाको सहभागिता रहेको सो समारोहमा दुई दर्जनभन्दा बढी स्रष्टा, सर्जकले आआफ्नो कविता, गीत तथा गजल प्रस्तुत गरेका थिए भने साहित्यिक विमर्शहरू पनि समावेश गरिएका थिए । 

कार्यव्रmम अन्तर्गत जर्मनीमा नेपाली साहित्यको इतिहास, वर्तमान र भविष्य विषयक विमर्शमा जर्मनीको साहित्यिक इतिहासका बारेमा खड्ग न्यौपानेले जानकारी गराउनुभएको थियो । अनेसास जर्मनीको भावी योजनाका बारेमा जर्मनी च्याप्टरका अध्यक्ष सुजाता राउत घिमिरेले जानकारी गराउनुभयो ।