• १३ साउन २०८१, आइतबार

नेपाल संवत् उल्लेख गर्न परिपत्र

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ ३ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई आफ्नो लेटरहेडसहितका कागजातमा नेपाल संवत् उल्लेख गर्न आग्रह गरेको छ ।  सङ्घीय मन्त्रीपरिषद्ले गत २७ कात्तिकमा विक्रम संवत् उल्लेख हुने सरकारी कागजातमा नेपाल संवत् अनिवार्य लेख्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आग्रहमा निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तह र जिससलाई मङ्गलबार पत्राचार गरेको हो । सरकारले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख भएका कागजातमा  नेपाल संवत् अनिवार्य उल्लेख गर्ने निर्णय गरेको थियो । 

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले स्थानीय तह र जिससलाई गरेका पत्राचारमा स्थानीय तहका लेटरहेडलगायतमा नेपाल संवत् उल्लेख गरेको नपाइएकाले नेपाल संवत् कार्यान्वयन गर्न पत्राचार गरिएको बताउनुभयो । 

सरकारको निर्णयसँगै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपाल संवत् लेख्ने विधि र तरिका यसअगाडि नै सरकारलाई सिफारिस गरिसकेको छ ।