• ३१ वैशाख २०८१, सोमबार

पार्किङबाट जिप चोरी गर्ने युवा पक्राउ

blog

जिप चोरी गर्ने युवा ।

फडिन्द्र अधिकारी

लेखनाथ, माघ ३ गते । कास्की प्रहरीले बुधबार पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदैगरेका एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका –१० मा पर्ने अमरसिंह स्कुलको खेल मैदानमा राखिएको जिप चोरी गर्ने २० वर्षीय गोविन्द परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार साढे १ बजेतिर ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी भएको सूचना पाएपछि प्रहरीले परियारलाई सोही जिप चलाइरहेको अवस्थामा पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । 

पोखरा –१४, समिनतरा बस्ने परियारलाई पक्राउ गरी चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिन म्याद थपगरी अनुसन्धान जारी रहेको प्रवक्ता विकले बताउनुभयो ।