• १३ साउन २०८१, आइतबार

गाजा सहरमा इजरायली आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु

blog

काठमाडौँ, माघ ४ गते । इजरायलले गाजा सहरमा गरेको हवाई आक्रमणमा बुधवार कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली बम विस्फोटमा परेको गाजा सहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ । 

थप दर्जनौँ घाइते भएका छन् । गाजस्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली फायरबाट गाजापट्टीमा १६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३५० जना घाइते भएको बताएको छ । यससँगै स्ट्रिपमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने सङ्ख्या २४ हजार ४४८ र घाइतेहरूको सङ्ख्या ६१ हजार ५०४ पुगेको छ ।

सिन्ह्वाको सहयोगमा