• २० असार २०८१, बिहिबार

सन् २०२३ मा युरोपका विद्युतीय कार बिक्रीमा सुधार

blog

विद्युतीय कार । फाइल तस्बिर

पेरिस, माघ ४ गते । सन् २०२३ मा युरोपमा नयाँ मोडेलका कारको बिक्रीमा १३.९ प्रतिशतले वृद्धि भएको छ भने विद्युतीय सवारी साधनले पहिलो पटक डिजेललाई उछिनेको ‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन’ ले बिहीबार जनाएको छ ।

एसोसिएसनका अनुसार सन् २०२३ मा विद्युतीय कारको बिक्री अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले बढेको छ भने नयाँ कारको कूल बिक्रीमा १४.६ प्रतिशतले वृद्धि भएको छ ।

यो आँकडा सन् २०२२ को तुलनामा कूल बिक्रीमा निकै कमी हो । गत वर्ष नयाँ सवारी दर्ता सन् १९९३ यताकै सबैभन्दा न्यून स्तरमा झरेको थियो । सन् २०२२ को तुलनामा फ्रान्स, इटाली र स्पेनमा बिक्रीमा दोहोरो अङ्कको वृद्धि भएको छ ।

कार कम्पनीहरूले जीवास्म इन्धन जलेर चल्ने इन्जिन गाडीहरूको बिक्री चरणबद्ध रूपमा समाप्त गर्न युरोपेली युनियनले २०३५ को समयसीमा तोकेको छ ।  गत वर्ष हाइब्रिड कारको बिक्री पनि करिब ३० प्रतिशतले बढेको थियो ।

यद्यपि, पेट्रोल कारहरू अझै पनि नयाँ वाहन बजारको एक ठुलो हिस्सा रहेको छ । पेट्रोल कारको बजारले गत वर्ष युरोपभरको बिक्रीको ३५.३ प्रतिशत अर्थात् ३७ लाख कारहरूको विक्रीको प्रतिनिधित्व गरेको थियो ।

भोल्क्सवागनले सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी अर्थात् २८ लाख नयाँ कार बिक्री गरेको उक्त कम्पनीले जनाएको छ । रासस/एएफपी