• १ जेठ २०८१, मङ्गलबार

रसिया पठाउने भनी सात लाख बढी ठगी गर्ने पक्राउ

blog

काठमाडौं, माघ ४ गते । प्रहरीले रसिया पठाउने भनी सात लाख ३० हजार लिई सम्पर्कविहीन बनेका २८ वर्षीय सरोज थापालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार स्थायी ठेगाना कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ६ भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका १० बस्ने थापाले मोहन साउँदलाई रसिया जान सात लाख ३० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा एक लाख रुपियाँ मासिक तलब हुने भनी प्रलोभनमा पारेका थिए ।

प्रहरीले उनलाई कीर्तिपुरको पाँगा दोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ ।