• ३० वैशाख २०८१, आइतबार

बोक्सीको आरोपमा हत्या गरी फरार रहेको अभियुक्त १५ वर्षपछि पक्राउ

blog

काठमाडौं, माघ ५ गते । बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०६५ असोज २९ गते काभ्रे शिखर आम्बोटे गाउँ विकास समिति वडा नम्बर १ साबिक रोशी गाउँपालिका वडा नम्बर ३ स्थित चमारसिंह मगर भन्ने जनक बहादुर मगरलाई बोक्सीको आरोपमा कुटपिट गरी फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भतिज नाता पर्ने ४४ वर्षीय टङ्कबहादुर मगर र ४३ वर्षीय सन्तबहादुर मगर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

जनकको हत्या गरी फरार रहेका टङ्क र सन्तलाई २०८० पुस २४ गते पक्राउ पक्राउ गरिएको हो । साथै पुस २५ गते सन्तलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइए र टङ्कको स्वास्थ्यमा समस्य आएका कारण उपचारपश्चात् आज (शुक्रबार) आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको प्रहरी उपरीक्ष केसीले बताउनुभयो ।