संयुक्त राज्य अमेरिकाले शुक्रबार यमनमा हुथीरिुद्ध आफ्नो हमला जारी राखेको छ ।
नेपालगन्जमा विभिन्न स्थानमा पार्किङ गरिराखेको इ–रिक्सा तथा अस्पतालहरूमा बिरामीका कुरुवाको मोबाइल चोरी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
सङ्घीय सांसदको हैसियतले सांसद, मन्त्रिषरिद्को सदस्य र विषयगत समितिको सभापतिका रूपमा अहिले भइरहेको संसदीय अभ्यासलाई तीन चरणमा हेर्न, बुझ्न र अनुभव गर्न पाएको छु ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ भिमखोरीको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गर्नुभएको हो ।
चिकित्सकको सुविधासहित गाउँमै उपचार सेवा प्रदान गर्नका लागि हेटौँडा उपमहानगरपालिकाले पालिकास्तरको अस्पतालको सुरुवात गरेको छ ।
रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले अध्यक्षका अर्का प्रत्याशी डिल्लीराज भण्डारीलाई ८० मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।
जिल्लाको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ । चन्दौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उक्त शव गृहको उद्घाटन गरिएको छ ।
कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनले निर्माण गरेको नयाँ आधुनिक र प्राकृतिक वातावरण मैत्री प्राणी उद्धार केन्द्रमा पशुपन्छीको स्थानान्तरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा यस वर्ष लक्ष्य अनुसार धान खरिद हुन सकेन । प्रदेशभरिबाट ७५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले न्यून मात्रामा धान खरिद गरेको हो ।
जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् ।
ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागूपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन [मापसे] गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन ।
जाजरकोटको बारेकोट-१ रामी डाँडा स्थित सिर्पाचौर गत कात्तिक १७ को भूकम्पको केन्द्रबिन्दु हो । भूकम्पले भत्किएको सिर्पाचौरको बस्ती पुनःनिमार्णको पर्खाइमा रहेको छ ।
समय शीतलहरको छ । बाक्लो हुस्सुले बस्ती ढपक्क ढाकेको छ । शीतको थोपाले जस्ताको छानो भिजेको छ । घरको छानोबाट शीतका थोपाहरू तपतप चुहिरहेको छ । घरभित्र चिसो प्लास्टरमा पराल ओछ्याएर बनाइएका सुत्ने ठाउँसमेत ओसिएको छ । ओछ्यानमा डस्ना र भोटियाभित्र आफ्ना ससाना नानीबाबुहरू च्यापेर गुटुमुटु परेका छन् बस्तीका मान्छेहरू । घरबाहिर आँगनमा घुर सल्काएर बसेका छ
चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ । निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्यूँझाउँछ । बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्स बिरामी मान्छे नभई तरकारी र फलफूल बोक्ने गर्छ । चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्सले यहाँका स्थानीयको जीवनमा परिवर्तन ल्याउन थालेको छ ।
सुन्तला उत्पादनका लागि ख्याति कमाएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरका सुन्तला कृषक गत वर्षजस्तो खुसी छैनन् । किनकि, यस वर्ष उहाँहरूले सोचेअनुसारको कमाइ भएन ।