• १३ साउन २०८१, आइतबार

नवनियुक्त सल्लाहकारद्वयलाई कर्मचारी संगठनको स्वागत

blog

गोरखापत्र संस्थानका नवनियुक्त सल्लाहकारद्वय रामकृष्ण अधिकारी र सुशीला चौधरीलाई गोरखापत्रमा कार्यरत कर्मचारी एवं पत्रकार संगठनले स्वागत गर्नुहुँदै । तस्विर : केशब गुरुङ

गोरखापत्र अनलाइन 

काठमाडौं, माघ ५ गते । गोरखापत्र संस्थानका नवनियुक्त सल्लाहकारद्वय रामकृष्ण अधिकारी र सुशीला चौधरीलाई गोरखापत्रमा कार्यरत कर्मचारी एवं पत्रकार संगठनले स्वागत गरेको छ । 

नेपाल राष्ट्रिय कर्मचारी संगठन गोरखापत्र शाखा, प्रेस सेन्टर नेपाल गोरखापत्र प्रतिष्ठान शाखा, तथा श्रमजिवी पत्रकार संघ गोरखापत्र शाखाले एक संयुक्त कार्यक्रम गरी सल्लाहकारद्वयलाई स्वागत गरेको हो ।  

स्वागत एवम् शुभकामना कार्यक्रममा गोरखापत्र संस्थानका नवनियुक्त अर्थ, मुद्रण एव् व्यवस्थापन सल्लाहकार रामकृष्ण अधिकारीले आफ्नो जिम्मेवारीअनुसार संस्थानको विकासमा ठोस योगदान दिने धारणा राख्नुभयो । उहाँले कर्मचारी एवं पत्रकारबिच संस्थानको हितका लागि एकता अपरिहार्य रहने बताउनुभयो । 


सोही अवसरमा बोल्दै नवनियुक्त कानुनी सल्लाहकार सुशीला चौधरीले संस्थान र कार्यरत कर्मचारीको हितका लागि सबै प्रकारका कानुनी अड्चन फुकाउन आफूले विशेष ध्यान दिने बताउनुभयो । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव नन्दलाल तिवारी, नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्थान समन्वय समितिका वरिष्ठ उपाध्यक्ष तिलक बुढाथोकी, नेपाल राष्ट्रिय कर्मचारी संगठन गोरखापत्रका अध्यक्ष विष्णुप्रसाद खनाल तथा श्रमजीवी पत्रकार संघ गोरखापत्र शाखाका अध्यक्ष केशव नेपालले नवनियुक्त सल्लाहकारद्वयको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।