सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बोलिने रानाथारू भाषा लोप हुने खतरा बढेको छ । भाषा संरक्षणको काम हुन नसक्दा सो समुदायको भाषा लोप हुने खतरा बढेको हो । यी दुई जिल्लामा बसोबास गर्ने रानाथारू जातिलाई २०७६ मा छुट्टै आदिवासी जनजातिका रूपमा सूचीकृत गरिएको थियो । छुट्टै जनजातिका रूपमा सूचीकरणपछि जनसङ्ख्याको हिसाबले अल्पसङ्ख्यामा देखिएको राना समुदायको भाषा पनि साँघुरिँदै जान थालेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–११, बराँतु गाउँका किसानले तरकारी र फलफूल खेतीलाई प्राथमिकता दिँदै आएका छन् । उत्पादनका हिसाबले उर्वर भूमि भएको बराँतु बस्ने नागरिक कोही पनि बेरोजगार छैनन् । कोही सरकारी सेवामा छन् भने कोही आफ्नै बारीमा तरकारी र फलफूल खेती गरेर स्वरोजगार बनिरहेका छन् । कृषि विकास कार्यालय कालीकोटले पनि सुरुदेखि विभिन्न अनुदान बराँतुलाई दिँदै आएको छ ।
हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर उडान गरेको छ । लुम्बिनीमा धार्मिक कार्यक्रमका लागि १६७ चिनियाँ यात्रु (धार्मिक पर्यटक) बोकेर नेपाल आएको उक्त जहाजले फर्किंदा धार्मिक गुरुसहित १७० जना यात्रु बोकेर शुक्रबार चीन फर्किएको हो ।
हरेक रोग वंशाणुगत हुने भए पनि नेपालमा त्यसको रोकथाममा चासो राखिएको छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को वंशाणुगत एकाइले शनिबार आयोजना गरेको कार्यक्रममा चिकित्सकले नेपालमा वंशाणुगत रोगलाई प्राथमिकता दिन नसक्दा समस्या भएको बताएका छन् ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न छ लाखप्रति कार्ड ल्याइएको छ । कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच गरेपछि यातायात व्यवस्था विभागले पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम सुरु गर्ने भएको छ । छपाइ कार्ड सकिएर सात महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको विभागले एक हप्तापछि पूर्ण रूपमा छपाइ सुरु हुने जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भन्नुभयो, “छ लाखप्रति कार्ड आएको छ । ल्याब टेस्टपछि छाप्ने काम सुरु हुन्छ । एक हप्तामा ल्याब टेस्ट हुन्छ ।”
जापानको यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । ‘इक्वेटर’ पनि भनिने सो यान चन्द्रमाको मध्यरेखानजिकै नियन्त्रित रूपमा अवतरण गरेको हो । यो सफलतासँगै एसियाली मुलुक जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौँ देश बनेको छ । यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगिसकेका छन् । जापानको यान चन्द्रमा पुगे पनि त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएकाले यो मिसनले लामो समय काम गर्न कठिन हुने देखिएको छ । यद्यपि इन्जिनियरहरू उक्त मिसनलाई जोगाउन लागिपरेका छन् ।
अरू समय यतिबेला टहटह घाम लाग्ने भए पनि जाडोको समय भएकाले गाउँ नै हुस्सुले ढाकेको छ । तत्काल हुस्सु फाटेर घाम लाग्ने अवस्था पनि देखिएको छैन । नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. ४ देउरालीमा रहेको रुपिसरा पुलामीको होटलभित्र बिहान ११ बजे पनि तीन वटा बिजुलीका बल्ब झलमल्ल बलेका छन् । दिउँसो पनि बत्ती बालिएको अँध्यारोकै कारण भने होइन । पुलामीको मात्र होइन, देउरालीका सबै घरमा दिनभरि नै बत्तीको उज्यालो छ ।
अहिले विश्वमा शीतयुद्धको भन्दा पनि अझ गम्भीर र जटिल परिस्थिति देखापरेको छ । असंलग्न आन्दोलनको आवश्यकता पनि बदलिएको परिस्थितिमा झन् बढेको छ ।
नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारतको बहराइचमा सम्पन्न भएको छ । बाँके र बर्दियासँग सीमाना जोडिएको भारतको बहराइच जिल्लाको नानपारामा शनिबार एकदिने संयुक्त बैठक सम्पन्न भएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सुनसरीको वराहक्षेत्र १० प्रकाशपुरमा दुई दिने शैक्षिक गुणस्तर सुधार कार्यशाला सञ्चालन गरिएको छ ।
छिमेकी मुलुक भारतको एक टेलिभिजन सिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार तथा प्रसार गरिएको छ ।
टोखा युवा क्लबको आयोजना दुई दिने दोस्रो टोखा युवा खुल्ला राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका सुरोज महर्जनले जित्नुभएको छ ।
पूर्व युवराज्ञी एवम् हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले शनिबार काभ्रेपलाञ्चोकमा रहेका दुई मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिनुभएको छ ।