तनहुँको म्याग्दे र आँबुरखैरेनी गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । सङ्घीय सरकारले सुरुवात गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाले उक्त कोषमा आबद्ध भएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने बताउनुभयो ।
बाँकेको डुडुवा गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न तथा बालविवाह न्यूनीकरणका लागि कन्या मुद्दती खाता योजना ल्याएको छ ।
असहाय, अशक्त तथा ज्येष्ठ नागरिकहरुको स्याहारसुसार र हेरचाह गरी आश्रय दिँदै आएको नेपालगन्जस्थित नीलसागर सेवाश्रमको निर्माणाधीन भवन रकम अभावका कारण अलपत्र बनेको छ ।
जुम्लाको सबैभन्दा ठूलो बृहत् धौलिगाड खानेपानी आयोजना तीव्र गतिमा अगाडि बढेको छ ।
काठमाडौँबाट कर्णाली घुम्न आएको एउटा टोली रारा जाने क्रममा गुराँसेमा रोकिए । सो टोलीको योजना गुराँसेमा बस्ने नभए पनि त्यहाँको रमणीय दृश्यहरु देखिन थालेपछि उनीहरुको प्रतिक्रिया थियो, आहा, कस्तो राम्रो ठाउँ । यस क्षेत्रलाई स्थानीय सरकार र नजिकै रहेको प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गरी अझै आनन्दको वातावरण बनाउन सकिन्छ होला ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सर्भिस लेनभित्र ‘साइकल लेन’ निर्माण गरेको छ ।
प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो ।
भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने भएकाले यो सडकलाई गण्डकीको भाग्यरेखा मानिएको हो ।
धादिङकाे नीलकण्ठ नगरपालिका वडा नं ५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्याएबापत आफ्ना चारजना संरणकर्मीलाई सम्मान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनले अन्तिम दस्ताबेज (फाइनल डकुमेण्ट) कम्पाला घोषणा पत्र पारित गरेको बताउनुभएको छ ।
नेपाली कवितामा विम्ब, प्रतीकहरूको प्रयोग यथेष्ट मात्रामा हुँदै आएको पाइन्छ । विशेषतः आधुनिक कालखण्डमा नेपाली कविताको पदार्पण भए यता विम्ब, प्रतीकहरूको प्रयोगको क्रममा अझै गतिशीलता एवं व्यापकता
आफूमा भएको कलालाई दुर्गमता, विकटता र दुरदराजले रोक्न सक्दैन भन्ने भनाइ चरितार्थ गर्दै छिन खार्पुनाथ गाउँपालिका–४, नल्ना गाउँकी शर्मिला शाही । उमेरले १५ वर्ष पुगेकी शाही अहिले उक्त वडामा रहेको जिल्लाकै नमुना माध्यमिक विद्यालयमा पर्ने सीता माविको कक्षा १० मा अध्ययनरत रहेकी छन्
पोखरामा शनिबार टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग पराजित भएपछि चन्द्रागिरि न्यूडायमण्ड क्लबका प्रशिक्षक कुमार राईको प्रतिक्रिया थियो, “अर्को वर्ष दर्शकले चाहेजस्तो खेल प्रदर्शन गर्नेगरी उपाधि जित्नेगरी आउनेछौँ ।”
युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।