• २३ वैशाख २०८१, आइतबार

प्रतिभाको धनी शर्मिला

blog

आफूमा भएको कलालाई दुर्गमता, विकटता र दुरदराजले रोक्न सक्दैन भन्ने भनाइ चरितार्थ गर्दै छिन खार्पुनाथ गाउँपालिका–४, नल्ना गाउँकी शर्मिला शाही । उमेरले १५ वर्ष पुगेकी शाही अहिले उक्त वडामा रहेको जिल्लाकै नमुना माध्यमिक विद्यालयमा पर्ने सीता माविको कक्षा १० मा अध्ययनरत रहेकी छन् 

शान्त, अनुशासित, सरल, मेहनती, लगनशील र जेहेनदार छात्रा शाही विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापमा समेत सधैँ पहिला हुने गर्छिन् । त्यस अतिरिक्त छात्रा शर्मिलाले निबन्ध, वक्तृत्वकला, गायन, नृत्य, हारिजीजवाफ, निबन्ध, हिज्जेमा पनि उस्तै दखलता आख्दै आएकी छन । विद्यालयमा प्रत्येक दिन हुने प्रार्थना सभामा उनले दैनिक गीत गाउने गर्दै आएकी छन् । विद्यालयमा सबैबाट माया पाउने गरेकी उनी खेलकुद क्षेत्रमा फिल्ड र ट्र्याकमा समेत उत्तिकै रुचि राख्छिन् । यता भलिबलमा समेत उनी रुचि राख्छिन् । अनेक प्रतिभा भएका कारण उनीसँग प्रमाणपत्र र पदक पनि धेरै छन् । कम्प्युटर शिक्षामा पनि उनको रुचि उस्तै रहेको छ । उक्त विद्यालयका प्रधानाध्यापक जुनराज हमाल अचम्मैको प्रतिभा भएकी छात्रा शर्मिला रहेको बताउने गर्छ । प्रधानाध्यापक हमालको विद्यालयकीअब्बल छात्रा शर्मिलाप्रतिको विशलेषण बिरलै विद्यार्थीमा यस्तो कला देखिने रहेको छ । अवसर र प्लेटफर्म पाएपछि विद्यार्थीले आफूमा भएको कला प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरणका रूपमा शर्मिला देखिएको प्रअ हमाल बताउँछन् । न्यून आयस्रोत भएको परिवारमा जन्मिएकी उनमा भएको कलाले समेत अध्ययनमा निकै सहयोग गरेको छ । उनका बुवा तीर्थराज शाहीले खच्चडमा भारी बोकाएर दैनिक कमाइ गर्दै आएका छन् । 

प्रस्तुति : राजन रावत