सोइना दाहाल भानुभक्त मेमोरियल स्कुल, पानीपोखरीमा कक्षा ८ मा पढ्छिन् । सानै उमेरमा सोइनाले बालसाहित्यको क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेकी छिन् । उनी अत्यन्तै राम्रो बोल्ने, भाषण कलामा प्रखर छिन् । उनका धेरै प्रस्तुति हामीले युट्युबमा पनि हेर्न सक्छौँ । बालसाहित्यका विधिध आयाम समेटिएका उनका केही उत्कृष्ट पुस्त
अहिले ११ वर्षको हुनुभयो सुरज पहाडी । उहाँ भक्तपुरको निस्ट स्कुलमा ६ कक्षामा अध्ययनरत हुनुहुन्छ । उहाँ पढ्नमा अब्बल हुनुहुन्छ । कक्षा नर्सरीदेखि नै प्रथम हुँदै आउनुभएका सुरजलाई विद्यालयले छात्रवृत्ति दिने गरेको छ । विद्यालयले कक्षामा प्रथम हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
राणाकालीन समयमा घोडा राख्न बनाइएको तबेलामा बस्दै आएका कैदीबन्दीलाई भौतिक पूर्वाधारमा सुधार नहुँदा समस्या भएको छ । दिनप्रतिदिन कैदीबन्दी थपिँदै जाँदा अहिले २५ जना बस्न मिल्ने कारागारमा आठ महिला र ८५ पुरुष कैदीबन्दी बस्न बाध्य भएका छन् । कैदीबन्दीलाई राख्ने भवन जीर्ण हुँदा कैदीबन्दीलाई थप समस्या परेको छ । कारागार प्युठानका निमित्त प्रमुख सूर्यबहादुर पन्तले क्षमताभन्दा बढी र पुरानो भवनले उनीहरूको व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो ।
युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्कनुभएको छ । उहाँ भर्खरै ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।
म्याग्दीको विकट बस्ती धवलागिरि गाउँपालिका–१, गुर्जालाई सडक सञ्जालसँग जोड्ने लुलाङ–गुर्जा सडक योजना कार्यान्वयन थालिएको छ । उक्त सडक योजनाका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकार, प्रदेश र गाउँपालिका गरी करिब छ करोड रुपियाँ बजेट खर्च गरिने भएको हो । लुलाङदेखि गुर्जासम्म करिब ३० किलोमिटर दुरी पर्दछ । सडक योजना अघि बढेपछि गुर्जावासीमा मोटर चढ्ने आशा पलाएको छ ।
दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्डविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ । विश्वकप खेल्न समूह डिमा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग खेल्न लागेको हो ।
रुसमा ज्यान गुमाएका वालिङ नगरपालिका–१४, मान्खुका हरिप्रसाद अर्यालको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । रुसी सेनामा भर्ती भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी पाएपछि परिवार शव आउने आशामा बसेको थियो । झन्डै दुई महिनासम्म पनि शव आउने सम्भावना नदेखेपछि परिवारले अन्तिम संस्कार गरेको हो ।
तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ ।
जलेश्वर नगरपालिकाले नगर क्षेत्रमा भइरहेको बालविवाह न्यूनीकरणका लागि शिक्षक तथा विद्यार्थीको सहयोग लिने भएको छ । बालविवाहमा अभिभावकको मुख्य भूमिका रहेको ठम्याउँदै नगरपालिकाले छात्रछात्रा तथा शिक्षकलाई बालविवाह न्यूनीकरणको प्रशिक्षण दिएर अभिभावकमा जनचेतना जगाउने कार्यमा खटाउने योजना बनाएको हो ।
आठ वर्षदेखि अलपत्र रहेको शुक्लागण्डकी नगरपालिका–७ को दोभान र भिमाद नगरपालिका–८, भावर जोड्ने सेती नदीमाथिको पुलको काम सुरु भएको छ । प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले सम्पर्कविहीन ठेकेदारलाई खोजी गरी निर्माण अगाडि बढाउन निर्देशन दिएसँगै पुलको काम सुरु भएको हो । काम सुरु भएपछि पनि ठेकेदारले ढिलासुस्ती गरिरहेका थिए । त्यसप्रति पनि सांसद भण्डारीले पटक पटक ताकिता गर्नुभएको थियो ।
स्वर्गद्वारी गुठीको जग्गा पाउनुपर्ने भन्दै गुठी किसान आन्दोलित भएका छन् । स्वर्गद्वारी आश्रमको गुठी जग्गामा कायम भएको द्वैध स्वामित्व अन्त्य गरिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका किसानले माग पूरा गर्न जिल्ला प्रशासन, जनप्रतिनिधिसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
बाँकेको वैजनाथ गाउँपालिकाले जिल्लामै पहिलो पटक थारू समुदायमा विद्यमान बरघर प्रथालाई कानुनी मान्यता दिएको छ । वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले थारू समुदायमा रहेको बरघर प्रथालाई व्यवस्थित गर्न सो प्रथालाई कानुनी मान्यता दिएको बताउनुभयो । उहाँले गाउँपालिकाले बरघर प्रथालाई कानुनी मान्यता दिँदै ऐनसमेत बनाएर गाउँ सभाबाट पारित गरेको जानकारी दिनुभयो । थारू समुदायको बाहुल्य रहेको वैजनाथ गाउँपालिकाको क्षेत्रभित्र रहेका बरघरलाई संस्थागत रूपमा परिचालन गर्ने उद्देश्यले निर्माण गरिएको ‘बरघर ऐन–२०८०’ लाई १४ औँ गाउँ सभाले पारित गरेको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले बरघर ऐन २०८० लाई गाउँ सभाले सर्वसम्मत रूपमा पारित गरेसँगै बरघर प्रथाले कानुनी मान्यता पाएको बताउनुभयो ।
रुकुमपश्चिमका ९८३ जना भूमिहीन र अस्थायी बसोबासीलाई जग्गाको लाभग्राही निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमले त्रिवेणी गाउँपालिकाका १०७ जना र आठबिसकोट नगरपालिकाका ८७६ जनालाई लाभग्राही निस्सा वितरण गरेको हो । आयोगका विज्ञ सदस्य सुशील विष्टका अनुसार सम्बन्धित स्थानीय तहसँगको समन्वयमा जग्गाको लाभग्राही निस्सा वितरण गरिएको हो ।
रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्नुहुन्छ । उहाँलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काउनुभयो । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ ।