• २३ असार २०८१, आइतबार

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

blog

युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिरः केशव गुरुङ

काठमाडौँ, माघ ७ गते । युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्कनुभएको छ । उहाँ भर्खरै ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । 

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ गत माघ ४ गते युगान्डाको कम्पाला जानुभएको थियो । 

प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साललगायत टोलीका सदस्यहरू हुनुहुन्छ ।