• १३ साउन २०८१, आइतबार

खेलकुदमा क्षमता अभिवृद्धि तालिम सुरु

blog

तालिमको उद्घाटन गर्दै राखेप सदस्य सचिव टङ्कलाल घिसिङ ।

काठमाडौँ, माघ ७ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा आइतबारदेखि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको तालिको राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो । तालिममा राखेपमा कार्यरत विभिन्न खेलका सहायक प्रशिक्षक र तीन विभागीय टोलीका प्रशिक्षक गरी जम्मा ४० जना सहभागी छन् ।

सहभागीलाई सुशिलनरसिंह राणा, हिमालराज दाहाल, डा. नवीसमान प्रधान, सञ्जय महर्जन, राजेन्द्ररत्न तुलाधर, लक्ष्मण अधिकारी र रितामैया प्रजापतिले प्रशिक्षण दिनुहुनेछ । शनिबारसम्म चल्ने तालिममा २१ कक्षा सञ्चालन गरिने राखेपले जनाएको छ ।