• १३ साउन २०८१, आइतबार

पाटे बाघ मृत फेला

blog

अविनाश चौधरी

धनगढी, माघ ६ गते । कैलालीमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको हो । 

बाघको घाँटी, खुट्टामा मोटरसाइकल तार, काँडे तार अड्केको देखिएकाले सिकारीले थापेको पासोमा परेर बाघको ज्यान गएको हुन सक्ने वडा अध्यक्ष खकेन्द्र भण्डारीले बताउनुभयो । घटनास्थलमा छानबिनका लागि वनको टोली पुगेको छ ।